• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १४, २०८२ Sun, Nov 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मैले सम्झने त्यो २००७ साल 

​​​​​​​खड्गजीत बराल शुक्रबार, फागुन ७, २०७७  १०:२९
1140x725

मेरो पिताजी बहादुरसिंह ब्रिटिश इण्डिया आर्मीमा हुनुहुन्थ्यो। फौजी पिताजीको जताजता सरुवा हुन्थ्यो, हामी उतैउतै पुग्थ्यौं। त्यहीक्रममा मैट्रिक पास गरेपछि मैले गोरखपुरमा आइएस्सी पढें। 

त्यसबेला बेला भारत भर्खरै बेलायतबाट स्वतन्त्र भएको थियो। नेपालमा पनि राणा शासन फाल्नुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्ने आन्दोलन शुरु भएको थियो। बीपी कोइराला लगायतका नेताहरू भारतका पटना, गोरखपुर, दिल्ली डुलिहिँड्थे। डाक्टर केआई सिंह त केही महिना हाम्रै घरमा बसेका थिए। पिताजी आर्मीमा कप्तान हुनुहुन्थ्यो, कांग्रेसका नेताहरु कहिलेकाहीँ उहाँसँग खर्चपर्च पनि माग्थे। उनीहरु के गर्छन् भन्ने कुराको मलाई मतलब हुन्थेन। तर, राणा शासन हटाउनुपर्छ, देशमा प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सुन्दा चाहिँ खुबै चाख लाग्थ्यो। 

गोरखपुरको फौजी क्यान्टोनमेन्टमा मेरा पिताजीलाई भेट्न आइरहने बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डा केआई सिंह, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा लगायतले राणा शासनविरोधी कुरा गर्थे, प्रजातन्त्र आगमनपछिका सुनौला दिनहरूबारे पनि चर्चा गर्थे। ‘प्रजातन्त्र आगमनपछि सुरक्षाफौजको नेतृत्व तपाईंजस्ता व्यक्तिले नै गर्ने हो’ भनेर पिताजीलाई भन्थे। यी सबै देखेकाले म पनि नजानिँदो ढंगले यता तानिएँ। भारतमा रहेको नेपाली विद्यार्थीको एउटा छुट्टै संगठनमा आवद्ध भएँ। भारतमा चर्किएको ब्रिटिशविरोधी ‘भारत छोडो’ आन्दोनलमा सरिक हुँदा केही दिन मैले जेलको अनुभव पनि संगालें। 

भारत स्वतन्त्र भएपछि भारत प्रवासमा रहेका नेपालीमा राणाविरोधी आन्दोलनप्रति उत्साह थियो। तर, लामो समय शान्तिपूर्ण आन्दोलन चले पनि व्यवस्था परिवर्तनको कुनै छनक नदेखिएपछि नेपाली कांग्रेसले थप रणनीति बनाउन २००७ साल असोज १० र ११ गते भारतको बैरगनियामा सम्मेलन आयोजना गर्‍यो। त्यो सम्मेलनले नै राणाविरुद्ध सशस्त्र संघर्ष घोषणा गरेको थियो। आ–आफ्नो ठाउँमा मुक्ति सेना निर्माण गर्ने र हातहतियार जम्मा गरेर आन्दोलन अघि बढाउने निर्णय त्यही सम्मेलनले गरेको थियो। म पनि त्यो सम्मेलनमा सहभागी थिएँ। र, ‘डु अर डाई’ अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने संकल्प गरेर फर्केका थियौं। 

अनि म कांग्रेसको मुक्ति सेनामा आबद्ध भएँ।

विद्यार्थीकालमा आफ्ना बाबु बहादुरसिंह बरालको साथमा खड्गजीत। 

त्यहाँबाट फर्केर घर आएको थिएँ, बाजेले बेलायतबाट ल्याएर घरमा राखेको दुईनाले बाह्रबोर बन्दुक र टोटा लिएर म त्यही रात झ्यालबाट भागेर भैरहवाको मुक्ति सेनाको क्याम्पमा पुगेँ। म जस्ता धेरैजना बन्दुक लिएर त्यहाँ पुगेका रहेछन्। काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा, डा केआई सिंहलगायत क्याम्पका हर्ताकर्ता थिए। तर, प्रायः भरुवा बन्दुक, ती पनि चराचुरुंगी मार्न प्रयोग गरिने किसिमका मात्र भएकाले त्यसबाट राणा शासनविरुद्ध लड्न सम्भव थिएन।

त्यही भएर पल्टने परिवारको भएको नेताले मुक्ति सेना संगठित गर्ने र काम बाँडफाँट गर्नेक्रममा मलाई भारत गएर हातहतियार जुटाउने र ती हतियार चलाउन सक्ने व्यक्ति खोजेर ल्याउने जिम्मा दिइयो। त्यसक्रममा काठमाडौंका देवेन्द्र शाह, कपिलवस्तुका विष्णुबहादुर क्षत्री र देहरादुनकी कमला गुरुङसमेत भएर हामी गोर्खालीहरुको उल्लेख्य बसोबास रहेका विभिन्न क्षेत्रमा पुग्यौं। हातहतियार, गोलाबारुद जम्मा गर्‍याैं, तिनलाई चलाउन जान्ने मान्छे पनि लिएर फर्कियौं। त्यसो गर्न पिताजीको सम्बन्धले ठूलो सहयोग गरेको थियो।

बैरगनिया सम्मेलपछि एउटा मोर्चाको नेतृत्व गर्ने जिम्मा नेपाली कांग्रेसका गोपाल शमशेर जबरा (जो पछि नेपाल प्रहरीको आइजीपी पनि बने) लाई दिइएको थियो। डा. केआई सिंह र मैले त्यसको विरोध गरेका थियौं। तर, मातृकाप्रसाद कोइराला, डीबी राई र दानबहादुर लगायतले तत्कालीन अवस्थामा झगडा होइन, मिलेर क्रान्ति सफल पार्नुपर्छ भनी स्थिति साम्य पारेका थिए।

Ncell 2
Ncell 2

हामी आन्दोलन अघि बढाउँदै थियौं। आधुनिक हतियार र गोलीगठ्ठाले मुक्ति सेनामा उर्जा थपिएको थियो। पश्चिम नेपालका सदरमुकाम मुक्ति सेनाले कब्जा गर्दै थियो, सशस्त्र आन्दोलन अघि बढ्दै थियो। तर, त्यति नै बेला राजनीतिक तहमा दिल्ली सम्झौता भयो। यो दुर्भाग्यपूर्ण निर्णय थियो, हामी मुक्ति सेनाका जवानहरुलाई मझधारमा ल्याएर अलपत्र पार्ने। किनभने त्यो सम्झौताले राणा शासक मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने निर्णय गरेको थियो। 
000
दिल्लीमा राजा, भारत र नेपाली कांग्रेसबीच भएको त्रिपक्षीय सम्झौतालाई हामीले धोका भएको ठहर ग
र्‍याैं। र, राणाशाही पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी राख्ने उद्घोषसहित डा केआई सिंहको नेतृत्वमा हाम्रो मोर्चाले संघर्ष जारी राख्ने निर्णय गर्‍यो। त्यसपछि २००७ साल फागुन ९ गते बिहान तीन बजेतिर भैरहवाको कदमहवामा रहेको हाम्रो क्याम्पमा भीषण आक्रमण भयो। 

हामीले राणाशाही मुर्दावाद, भारत मुर्दावाद भन्दै नारा लगाएका थियौं। मुक्ति सेनाको पश्चिमी मोर्चा सम्हालेका केआई सिंहले प्रजातन्त्र अझै नआएको र सशस्त्र संघर्ष जारी राख्ने निर्णय सुनाएका थिए। 

२००७ सालको क्रान्तिका योद्धाहरू, स्वर्गीय गणेशमान सिंह र खड्गजीत बराल (बरालको निवासमा)।

मुक्ति सेनाको नामोनिशान मेट्नेगरी आक्रमण भएको रहेछ। त्यसका लागि भारतीय फौजलाई नेपाल प्रवेश गराइएको थियो। मलाई लाग्छ, भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको सुरुआत त्यहीँबाट भएको हो। त्यसअघि नै भारतमा राजा त्रिभुवनलाई शरण दिइएको थियो। दिल्ली सम्झौतामा नेपाली भूमिमा कुनै प्रकारको आक्रमण, दंगाफसाद भएमा भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ। त्यहीकारण पनि मराठा पल्टन झिकाएर हामीमाथि आक्रमण गरिएको थियो। भारतीय सेनामा मराठा रेजिमेन्ट अरूभन्दा आक्रामक र बहादुर हुन्छन्। हामीलाई दबाउन सरकारले उनीहरूलाई नै बोलायो। उनीहरुले हाम्रो शिविरमा चारैतिरबाट घेरेर मोर्टार (वम) हानेपछि हामीले बाध्य भएर आत्मसमर्पण गर्नुपर्‍यो। 

त्यो आक्रमणमा हाम्रा ९ जना साथीले शहादत प्राप्त गरे। झण्डै ३५० मुक्ति सेनाका सदस्यलाई हत्कडी लगाएर, डोरीले बाँधेर नेपाली सेनाको जिम्मा लगाइयो। कुनै आतंककारी वा अपराधीलाई गर्नेजस्तो व्यवहार हामीमाथि गरियो। ती नौजना को थिए भन्ने पहिचान आजसम्म हुनसकेको छैन। सरकारले पनि त्यसबारे खोजविन गरेन, नेपाली कांग्रेसले पनि गरेन। 

नेपाली सेनाको जिम्मा लगाइएपछि हामी करिब तीन महीना जेलमा बस्यौं। विद्यार्थीलाई रिहा गर्ने सरकारी निर्णय भएसँगै हामी जेलमुक्त भएका थियौं। जेलमा रहेका पढ्न चाहने विद्यार्थीलाई रिहा गरिने भएपछि त्यसरी रिहा हुने ३२ जनामा म पनि परें। जेलबाट छुटेर गोरखपुर पुगें। पहिले बन्दुक चोरेर हिँडेको थिएँ। जेलबाट छुटेर आएपछि पिताजीले ‘क्रान्ति खत्तम भो नि’ भनेर जिस्काउनुभो। 

प्रत्येक वर्ष फागुन ७ गते आउँछ। म तिनै दिन सम्झन्छु। 

(२००७ सालको संघर्षमा नेपाली कांग्रेसको मुक्ति सेनामा रहेका र पछि नेपाल प्रहरीको महानिरीक्षक बनेका बरालसँगको वार्तामा आधारित)
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने राष्ट्रपति ट्रम्पको चेतावनी
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
एनपीएल: आज कर्णाली र काठमाण्डू भिड्दै
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने राष्ट्रपति ट्रम्पको चेतावनी आइतबार, मंसिर १४, २०८२
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी आइतबार, मंसिर १४, २०८२
एनपीएल: आज कर्णाली र काठमाण्डू भिड्दै आइतबार, मंसिर १४, २०८२
आज पोखरामा नेकपाको एकता सन्देश सभा आइतबार, मंसिर १४, २०८२
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
एनपीएल : जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा शनिबार, मंसिर १३, २०८२
एमाले मोरङमा प्रतिनिधि छनाैटलाई लिएर तनाव, पर्शुराम बस्नेतमाथि हातपात शनिबार, मंसिर १३, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो शनिबार, मंसिर १३, २०८२
मोरङको केराबारीमा माओवादीभित्र विद्रोह, १४ जनाको सामूहिक राजीनामा शनिबार, मंसिर १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्