• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मैले सम्झने त्यो २००७ साल 

​​​​​​​खड्गजीत बराल शुक्रबार, फागुन ७, २०७७  १०:२९
1140x725

मेरो पिताजी बहादुरसिंह ब्रिटिश इण्डिया आर्मीमा हुनुहुन्थ्यो। फौजी पिताजीको जताजता सरुवा हुन्थ्यो, हामी उतैउतै पुग्थ्यौं। त्यहीक्रममा मैट्रिक पास गरेपछि मैले गोरखपुरमा आइएस्सी पढें। 

त्यसबेला बेला भारत भर्खरै बेलायतबाट स्वतन्त्र भएको थियो। नेपालमा पनि राणा शासन फाल्नुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भन्ने आन्दोलन शुरु भएको थियो। बीपी कोइराला लगायतका नेताहरू भारतका पटना, गोरखपुर, दिल्ली डुलिहिँड्थे। डाक्टर केआई सिंह त केही महिना हाम्रै घरमा बसेका थिए। पिताजी आर्मीमा कप्तान हुनुहुन्थ्यो, कांग्रेसका नेताहरु कहिलेकाहीँ उहाँसँग खर्चपर्च पनि माग्थे। उनीहरु के गर्छन् भन्ने कुराको मलाई मतलब हुन्थेन। तर, राणा शासन हटाउनुपर्छ, देशमा प्रजातन्त्र ल्याउनुपर्छ भन्ने सुन्दा चाहिँ खुबै चाख लाग्थ्यो। 

गोरखपुरको फौजी क्यान्टोनमेन्टमा मेरा पिताजीलाई भेट्न आइरहने बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डा केआई सिंह, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा लगायतले राणा शासनविरोधी कुरा गर्थे, प्रजातन्त्र आगमनपछिका सुनौला दिनहरूबारे पनि चर्चा गर्थे। ‘प्रजातन्त्र आगमनपछि सुरक्षाफौजको नेतृत्व तपाईंजस्ता व्यक्तिले नै गर्ने हो’ भनेर पिताजीलाई भन्थे। यी सबै देखेकाले म पनि नजानिँदो ढंगले यता तानिएँ। भारतमा रहेको नेपाली विद्यार्थीको एउटा छुट्टै संगठनमा आवद्ध भएँ। भारतमा चर्किएको ब्रिटिशविरोधी ‘भारत छोडो’ आन्दोनलमा सरिक हुँदा केही दिन मैले जेलको अनुभव पनि संगालें। 

भारत स्वतन्त्र भएपछि भारत प्रवासमा रहेका नेपालीमा राणाविरोधी आन्दोलनप्रति उत्साह थियो। तर, लामो समय शान्तिपूर्ण आन्दोलन चले पनि व्यवस्था परिवर्तनको कुनै छनक नदेखिएपछि नेपाली कांग्रेसले थप रणनीति बनाउन २००७ साल असोज १० र ११ गते भारतको बैरगनियामा सम्मेलन आयोजना गर्‍यो। त्यो सम्मेलनले नै राणाविरुद्ध सशस्त्र संघर्ष घोषणा गरेको थियो। आ–आफ्नो ठाउँमा मुक्ति सेना निर्माण गर्ने र हातहतियार जम्मा गरेर आन्दोलन अघि बढाउने निर्णय त्यही सम्मेलनले गरेको थियो। म पनि त्यो सम्मेलनमा सहभागी थिएँ। र, ‘डु अर डाई’ अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने संकल्प गरेर फर्केका थियौं। 

अनि म कांग्रेसको मुक्ति सेनामा आबद्ध भएँ।

विद्यार्थीकालमा आफ्ना बाबु बहादुरसिंह बरालको साथमा खड्गजीत। 

त्यहाँबाट फर्केर घर आएको थिएँ, बाजेले बेलायतबाट ल्याएर घरमा राखेको दुईनाले बाह्रबोर बन्दुक र टोटा लिएर म त्यही रात झ्यालबाट भागेर भैरहवाको मुक्ति सेनाको क्याम्पमा पुगेँ। म जस्ता धेरैजना बन्दुक लिएर त्यहाँ पुगेका रहेछन्। काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा, डा केआई सिंहलगायत क्याम्पका हर्ताकर्ता थिए। तर, प्रायः भरुवा बन्दुक, ती पनि चराचुरुंगी मार्न प्रयोग गरिने किसिमका मात्र भएकाले त्यसबाट राणा शासनविरुद्ध लड्न सम्भव थिएन।

त्यही भएर पल्टने परिवारको भएको नेताले मुक्ति सेना संगठित गर्ने र काम बाँडफाँट गर्नेक्रममा मलाई भारत गएर हातहतियार जुटाउने र ती हतियार चलाउन सक्ने व्यक्ति खोजेर ल्याउने जिम्मा दिइयो। त्यसक्रममा काठमाडौंका देवेन्द्र शाह, कपिलवस्तुका विष्णुबहादुर क्षत्री र देहरादुनकी कमला गुरुङसमेत भएर हामी गोर्खालीहरुको उल्लेख्य बसोबास रहेका विभिन्न क्षेत्रमा पुग्यौं। हातहतियार, गोलाबारुद जम्मा गर्‍याैं, तिनलाई चलाउन जान्ने मान्छे पनि लिएर फर्कियौं। त्यसो गर्न पिताजीको सम्बन्धले ठूलो सहयोग गरेको थियो।

बैरगनिया सम्मेलपछि एउटा मोर्चाको नेतृत्व गर्ने जिम्मा नेपाली कांग्रेसका गोपाल शमशेर जबरा (जो पछि नेपाल प्रहरीको आइजीपी पनि बने) लाई दिइएको थियो। डा. केआई सिंह र मैले त्यसको विरोध गरेका थियौं। तर, मातृकाप्रसाद कोइराला, डीबी राई र दानबहादुर लगायतले तत्कालीन अवस्थामा झगडा होइन, मिलेर क्रान्ति सफल पार्नुपर्छ भनी स्थिति साम्य पारेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

हामी आन्दोलन अघि बढाउँदै थियौं। आधुनिक हतियार र गोलीगठ्ठाले मुक्ति सेनामा उर्जा थपिएको थियो। पश्चिम नेपालका सदरमुकाम मुक्ति सेनाले कब्जा गर्दै थियो, सशस्त्र आन्दोलन अघि बढ्दै थियो। तर, त्यति नै बेला राजनीतिक तहमा दिल्ली सम्झौता भयो। यो दुर्भाग्यपूर्ण निर्णय थियो, हामी मुक्ति सेनाका जवानहरुलाई मझधारमा ल्याएर अलपत्र पार्ने। किनभने त्यो सम्झौताले राणा शासक मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने निर्णय गरेको थियो। 
000
दिल्लीमा राजा, भारत र नेपाली कांग्रेसबीच भएको त्रिपक्षीय सम्झौतालाई हामीले धोका भएको ठहर ग
र्‍याैं। र, राणाशाही पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी राख्ने उद्घोषसहित डा केआई सिंहको नेतृत्वमा हाम्रो मोर्चाले संघर्ष जारी राख्ने निर्णय गर्‍यो। त्यसपछि २००७ साल फागुन ९ गते बिहान तीन बजेतिर भैरहवाको कदमहवामा रहेको हाम्रो क्याम्पमा भीषण आक्रमण भयो। 

हामीले राणाशाही मुर्दावाद, भारत मुर्दावाद भन्दै नारा लगाएका थियौं। मुक्ति सेनाको पश्चिमी मोर्चा सम्हालेका केआई सिंहले प्रजातन्त्र अझै नआएको र सशस्त्र संघर्ष जारी राख्ने निर्णय सुनाएका थिए। 

२००७ सालको क्रान्तिका योद्धाहरू, स्वर्गीय गणेशमान सिंह र खड्गजीत बराल (बरालको निवासमा)।

मुक्ति सेनाको नामोनिशान मेट्नेगरी आक्रमण भएको रहेछ। त्यसका लागि भारतीय फौजलाई नेपाल प्रवेश गराइएको थियो। मलाई लाग्छ, भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिको सुरुआत त्यहीँबाट भएको हो। त्यसअघि नै भारतमा राजा त्रिभुवनलाई शरण दिइएको थियो। दिल्ली सम्झौतामा नेपाली भूमिमा कुनै प्रकारको आक्रमण, दंगाफसाद भएमा भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ। त्यहीकारण पनि मराठा पल्टन झिकाएर हामीमाथि आक्रमण गरिएको थियो। भारतीय सेनामा मराठा रेजिमेन्ट अरूभन्दा आक्रामक र बहादुर हुन्छन्। हामीलाई दबाउन सरकारले उनीहरूलाई नै बोलायो। उनीहरुले हाम्रो शिविरमा चारैतिरबाट घेरेर मोर्टार (वम) हानेपछि हामीले बाध्य भएर आत्मसमर्पण गर्नुपर्‍यो। 

त्यो आक्रमणमा हाम्रा ९ जना साथीले शहादत प्राप्त गरे। झण्डै ३५० मुक्ति सेनाका सदस्यलाई हत्कडी लगाएर, डोरीले बाँधेर नेपाली सेनाको जिम्मा लगाइयो। कुनै आतंककारी वा अपराधीलाई गर्नेजस्तो व्यवहार हामीमाथि गरियो। ती नौजना को थिए भन्ने पहिचान आजसम्म हुनसकेको छैन। सरकारले पनि त्यसबारे खोजविन गरेन, नेपाली कांग्रेसले पनि गरेन। 

नेपाली सेनाको जिम्मा लगाइएपछि हामी करिब तीन महीना जेलमा बस्यौं। विद्यार्थीलाई रिहा गर्ने सरकारी निर्णय भएसँगै हामी जेलमुक्त भएका थियौं। जेलमा रहेका पढ्न चाहने विद्यार्थीलाई रिहा गरिने भएपछि त्यसरी रिहा हुने ३२ जनामा म पनि परें। जेलबाट छुटेर गोरखपुर पुगें। पहिले बन्दुक चोरेर हिँडेको थिएँ। जेलबाट छुटेर आएपछि पिताजीले ‘क्रान्ति खत्तम भो नि’ भनेर जिस्काउनुभो। 

प्रत्येक वर्ष फागुन ७ गते आउँछ। म तिनै दिन सम्झन्छु। 

(२००७ सालको संघर्षमा नेपाली कांग्रेसको मुक्ति सेनामा रहेका र पछि नेपाल प्रहरीको महानिरीक्षक बनेका बरालसँगको वार्तामा आधारित)
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
शेरबहादुर देउवाको गृहजिल्लाका ५२ वडामै भोलि काग्रे‌सले अधिवेशन गर्ने
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
शेरबहादुर देउवाको गृहजिल्लाका ५२ वडामै भोलि काग्रे‌सले अधिवेशन गर्ने शनिबार, असोज ३, २०८३
कांग्रेसको वडा अधिवेशन प्रक्रिया जारी, ३९ जिल्लाका ३३० वडामा अधिवेशन सम्पन्न शनिबार, असोज ३, २०८३
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्