काठमाडौं– सन् २०१८ को ७ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने अन्तर्राष्ट्रिय र आन्तरिक यात्रुको संख्या १४ प्रतिशतले बढेको छ। सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा मात्रै ३९ लाख ७६ हजार ८ सय ११ जना यात्रुले काठमाडौं विमानस्थल हुँदै हवाई यात्रा गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ।
_x000D__x000D_
तर, यो संख्या सन् २०१७ को यसै अवधिमा ३४ लाख २८ हजार ७ सय ९५ मात्रै थियो। सन् २०१७ को तुलनामा सन् २०१८ को सात महिनामै ५ लाख ४८ हजार १६ जना बढी यात्रुले हवाई यात्रा गरिसकेका छन्।
_x000D__x000D_
अन्तर्राष्ट्रियतर्फ १२ प्रतिशत
_x000D__x000D_
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने र बाहिरिने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा पनि १२ प्रतिशतले बढेको छ। विमानस्थल अध्यागमन कार्यालयका अनुसार सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा मात्रै २४ लाख ४९ हजार ६ सय ५९ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरिसकेका छन्। तर, यो संख्या सन् २०१७ को जनवरीदेखि जुलाईसम्म २१ लाख ४५ हजार ७ सय ६५ मात्रै थियो।
_x000D__x000D_
_x000D__x000D_
कार्यालयका अनुसार यसै अवधिमा हवाइजहाज मार्फत नेपालबाट विभिन्न देश जाने यात्रुको संख्या भने १२ लाख ४३ हजार ७ सय ५७ छ। यसैगरी विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने हवाई यात्रुको संख्या भने १२ लाख ५ हजार ९ सय २ रहेको कार्यालयले जनाएको छ।
_x000D__x000D_
आन्तरिकतर्फ १६ प्रतिशत
_x000D__x000D_
अन्तर्राष्ट्रिय हवाई यात्रुतर्फ १२ प्रतिशत वृद्धि रहे पनि आन्तरिक उडानतर्फ भने १६ प्रतिशतले हवाई यात्रुको संख्या बढेको छ। सन् २०१८ को जनवरीदेखि जुलाइसम्ममा मात्रै १५ लाख २७ हजार १ सय ५२ जनाले यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। तर, यो संख्या सन्२०१७ को यसैअवधिमा १२ लाख ८३ हजार ३० मात्रै थियो।
_x000D__x000D_
_x000D__x000D_
सन् २०१८ को ७ महिना कै अवधिमा एयरलाइन्स कम्पनीका विमान मार्फत देशका विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको संख्या भने ७ लाख ८७ हजार ५ सय ६३ रहेको छ। साथै देशका विभिन्न विमानस्थलबाट काठमाडौं विमानस्थल आउने यात्रुको संख्या भने ७ लाख ३९ हजार ५ सय ८९ रहेको विमाानस्थल कार्यालयले जनाएको छ।
_x000D__x000D_
हवाई मुभमेन्ट बढ्दो
_x000D__x000D_
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रु बढेसँगै हवाई मुभमेन्ट पनि बढेको छ। सन् २०१८ को सात महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विश्वका विभिन्न देश जाने/आउने तथा आन्तरिकतर्फ पनि देश भित्रै विभिन्न ठाउँमा जाने/आउने विमानको संख्यामा ४ प्रतिशतभन्दा बढी रहेको छ।
_x000D__x000D_
सन् २०१८ को जनवरीदेखि जुलाईसम्ममा काठमाडौं विमानस्थबाट मात्रै ७१ हजार ७ सय २९ वटा उडान तथा अवतरण भएको छ। यो संख्या सन् २०१७ को सात महिनामा ६८ हजार ८ सय १८ मात्रै थियो।
_x000D__x000D_
_x000D__x000D_
सन् २०१८ को पहिलो सात महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको संख्या मात्रै १९ हजार ५ सय ३३ रहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। जसमा नेपालबाट प्रस्थान हुने उडान संख्या ९७ सय ६७ रहेको छ भने काठमाडौं विमानस्थलका अवतरण भएको फ्लाइट संख्या ९७ सय ६६ रहेको छ।
_x000D__x000D_
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देशका विभिन्न स्थानमा भएको उडान तथा अवरतणको संख्या ५२ हजार १ सय ९६ छ। जसमा काठमाडौंबाट बाहिर उडान भएको फ्लाइट संख्या २६ हजार एक सय ४ छ भने बाहिरबाट काठमाडौं विमानस्थल आउने फ्लाइट संख्या २६ हजार ९२ वटा रहेको छ।
_x000D__x000D_
जति धेरै उडान बढ्दै गएको छ त्यही अनुपातमा विमानस्थल स्तरोन्नति हुन नसक्दा विमानस्थलको व्यवस्थापनमा असहज अवस्था सिर्जना भएको क्षेत्री बताउँछन्। मौसम प्रतिकुलता र पार्किङ वे समस्याका कारण कतिपय अवस्थामा जहाजलाई आकाशमै होल्ड गर्नुपर्ने अवस्था पनि सिर्जना हुने विमानस्थल कार्यालयको भनाइ छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।