• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रत्यक्षदर्शीको डायरी : यसरी उठाइयो डा केसीलाई जुम्लाबाट

64x64
नेपाल लाइभ आइतबार, साउन ६, २०७५  १०:५६
1140x725

साउन ३, बिहीबार बिहान ६ बजे

सदाझैं आज पनि जुम्लामा हलुका पानी छिट्याइरहेको छ। डाँफे लेक भन्दामाथि बिस्तारै बादल फाट्दै छ। बिहानीमा चराचुरुङ्गी चिर्बिराउँदै छन्। आज तीन दिन, तीन रात भयो जुम्लाबाट डा गोविन्द केसीलाई जबरजस्ती काठमाडौं लैजान हेलिकोप्टर आउँदैछ भन्ने हल्ला चल्न थालेको। त्यही भएर पनि राति हामी ढोका लक गरेर  सुतेका थियौं। नारायण र म बडो चनाखो भएर सुत्थ्यौँ, कतै राति नै पो लैजाने हुन् कि उहाँलाई। दिउँसो त त्यहाँ पढ्ने विद्यार्थी र भेट्न आउने शुभचिन्तकहरु भइहाल्थे, डर रातकै रहन्थ्यो।

करिब साढे ६ बजेतिर काठमाडौंबाट फोन आयो; गए राति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक बैठक बसेको थियो, जसमा डा केसीलाई जसरी हुन्छ काठमाडौं ल्याउने निर्णय भएको छ, तयारी अवस्थामा बस्नु! खासै विश्वास लागेन किनभने दुई दिनअघि पनि यस्तै फोन काठमाडौंबाट आएको थियो अनि हामी हतास हुँदै अस्पतालमा सयौंको संख्यामा जम्मा भएका थियौं। 

डा केसीको 'इन्स्टिन्क्ट' भने साह्रै गजबको छ। फोनमा भएको कुरा सुनाउनासाथ हामीलाई   भन्नुभयो, 'आज मलाई लिन हेलिकोप्टर पक्का आउँछ तर म जान्न, म यहीँ बसेर लड्ने हो।'

बिहान ७ बजे 

हामीले सरको अडियो बनायौँ। बोल्दा उत्तेजित भएर मुटुको धड्कन  बढ्ने भएकाले हामीसँग पनि उहाँ खासै बोल्नु भएको थिएन। जसोतसो अडियो त बन्यो, तर जुम्लामा इन्टरनेट कहाँ त्यति सजिलै टिप्थ्यो र! त्यति अडियो पठाउन माथि डाँडासम्म उक्लिनुपर्‍यो।

अडियो सम्बोधनमा डा केसीले आफ्ना कुरा प्रस्टसँग राख्नु भएको थियो। उहाँले आफू बिरामी नभई अनसनमा रहेको र मर्नुपरे पनि चन्दननाथ बाबाको काखमा, तिला नदीको किनारमै मर्ने इच्छा व्यक्त गर्नु भएको थियो।

अडियो काठमाडौंसम्म त पुग्यो, तर सत्ताको उन्मादले भरिएको सत्ताधारीका कानसम्म सायद पुगेन।

nimb
nimb

बिहान ८ बजे 

चिया खान म, नारायण र किशोर बाहिर निस्किएका थियौं। खलंगा बजारमा आज हेलिकोप्टर आउने कुरो त खरमा सल्किएको आगो जसरी सल्किसकेको रहेछ। 

चिया पसलमा स्थानीय कानेखुसी गर्दै थिए– जुम्ला आउन लागेको हेलिकोप्टर त औँसीको रातमा पनि उड्न सक्छ रे। कोही भन्दै थिए– प्लेनजत्रो हेलिकोप्टर हुन्छ रे। हामी तीनै जना मुस्कुरायौँ। चिया पिउँदै हेलिकोप्टर शीर्षकमा कविता पनि लेखियो।

कविता
हेलिकोप्टर

यदि सक्छ 
तिम्रो शासनसत्ताले यहाँ
हरेकदिन हेलिकोप्टर उडाउन भने
यदि, सक्छ उडाएर लान
मुगु, हुम्ला र डोल्पाबाट 
हरेक अन्तिम अवस्थाका सुत्केरीलाई
भिरबाट लडी अङ्ग-भङ्ग भएका अशक्तलाई 
मृत्युसँग लड्दै गरेका नवजात शिशुलाई
यदि सक्छ भने 
आज तयार छ 
जुम्लाबाट एउटा हेलिकोप्टर 
तिम्रै प्रिय राजधानीतर्फ उड्नका लागि।

यदि सक्छ 
तिम्रो हेलिकोप्टरले 
दैलेख, कालीकोट र जाजरकोटका
हरेक घरमा 
सिटामोलका चक्की पुर्या उन
जीवनजलका प्याकेट पुर्याजउन
तिनै सिटामोल र जीवनजल घोल्न
सिकाउने स्वस्थ्यकर्मी पुर्या उन
तब तयार छ
एउटा हेलिकोप्टर 
तिमीले तोकेको ठाउँमा 
अवतरण गर्न।
यदि सक्छ भने
त्यो हेलिकोप्टरले 
दैलेखबाट घिउ लिएर 
एचए पढ्न हिँडेको भाइलाई,
मुगुमा भेडा घिस्याउँदै
नर्सिङ पढ्न खुत्रुके 
भर्दै गरेकी बहिनीलाई
निःशुल्क उडाएर 
तिमीले खोजेकै 
स्वयम्भू , झापा वा भैंसेपाटीमा
सकुशल अवतरण गराउन।
यदि सक्छ भने,
आज तयार छ 
जुम्लामा एउटा हेलिकोप्टर 
तिमीले भनेकै मार्गमा
उड्नका लागि ।

सरकार 
तिमीले नचाहने 
तर, देशले खोजेको 
समृद्धि
जुम्लाले १८ दिनदेखि 
बडो जतनले 
जोगाइराखेको छ।
खबरदार 
हाम्रो समृद्धिलाई
तिम्रो गिद्दे हेलिकोप्टरमा
उडाउन नखोज। 

***

फर्किएर अस्पताल आउँदा स्थिति अर्कै बनिसकेको थियो। अरु दिनभन्दा अस्पतालमा मानिसको चहलपहल ज्यादा थियो। पछि थाह भयो, ती त बिनाबर्दीका प्रहरी रहेछन्। बिरामीका आफन्त बनेर सिभिल ड्रेसका प्रहरीहरु अस्पतालभित्र पसिसकेका थिए। माथिल्लो तलादेखि तल्लो तलासम्मै प्रहरीहरु तैनाथ। 

बिहान ९ बजे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत एचए, ल्याब टेक्निसियन, एनेस्थेसिया, नर्सिङका विद्यार्थीको कानसम्म पनि हेलिकोप्टर आउने कुरा पुगिसकेको रहेछ। त्यस दिन सबैजना स्वतःस्फुर्त कक्षा कोठामा नगई, अनसन स्थलतर्फ आए। सबैजना करिडोरमा जम्मा भएर बस्यौं।

डा केसी अनसन बसेको स्थान अस्पतालको तेस्रो तल्लामा थियो र अनसन स्थलसम्म आइपुग्ने प्रमुख तीन बाटा थिए। पूर्वतिर नर्सिङका विद्यार्थी थिए, पश्चिमतर्फ एचएका। तल मेन गेटमा चाहिँ नर्सिङका स्टाफहरु बसेका थिए।

विद्यार्थीले गेटमा चाबी लगाए। गेटमा टँसाएर डेस्क बेन्च राखे र आफू त्यसभन्दा पछाडी बसेर सबै नाका सिलबन्दी गरिदिए।

सबैजना विश्वस्त थियौं, प्रहरीले अस्पतालभित्र पसेर कुनै पनि हालतमा बल प्रयोग गर्दैन। त्यसैले यत्तिको सिल बनाइसकेपछि डा केसीसम्म सरकार पुग्न सक्दैनथ्यो। तर, आजका दिनमा फर्किएर हेर्दा यस्तो लाग्छ कि सरकार हामीले अपनाउन सक्ने सम्पूर्ण सावधानीबारे जानकार थियो र त्यसलाई काट्ने 'मास्टरप्लान' राति नै नेकपाको आकस्मिक बैठकमा बनिसकेको थियो।

बिहान १० बजे 

अन्ततः खलंगाको आकाशमा हेलिकोप्टर देखापर्योे। हेलिकोप्टरको आवाज सुनेसँगै सारा खलंगा बजार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्यो। जुम्ली आमाहरु जम्मा हुनथाले। भण्डारी गाउँ प्रतिष्ठानतर्फ ओर्लियो। गैरागाउँका दिदीबहिनी मास्तिर उक्लिए । हेर्दाहेर्दै  केही क्षणमै मानव सागर अस्पताल वरपर जम्मा भयो।

बाहिर स्थानीयको अवरोध र भित्र विद्यार्थी, चिकित्सक तथा नर्सहरु। यस्तो अवस्थामा डा केसीलाई जुम्लाबाट लैजान सम्भव थिएन।

करिब साढे १० तिर कर्णाली प्रदेशका मुख्यमन्त्री, गृह मन्त्री र नेपाल सरकारका सचिव अनशन स्थलमा आइपुगे। 

बिहान ११ बजे 

डा केसीको एउटै अडान थियो। सरकारले तोडमोड गरेर संसद्‌मा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म म वार्ता गर्दिनँ। डा केसीकै भावना अनुरुप हामीले सरकारका प्रतिनिधिलाई भित्र नजान आग्रह गर्यौं।  

सुरुमा त जसरी पनि डा केसीलाई भेट्ने उनीहरुको योजना थियो। तर, वरपरको त्यत्रो मानवसागर र डा केसीको समर्थनमा लागिरहेको नारा सुनिसकेपछि उनीहरुको भित्र जाने मुड फेरियो। 

सरकारका प्रतिनिधि 'ब्याक' भए। पहिलो घेरामा बसेका प्रहरीहरु पनि एकहद सम्म व्याक भए। स्थानीयले भिडन्त निम्तन नदिएकोमा आफ्ना मुख्यमन्त्री र गृहमन्त्रीका पक्षमा नाराबाजी पनि गरे। हात हल्लाएर आफ्ना जनप्रतिनिधिको स्वागत गरे।

तर, मुस्कुराउँदै निस्किएका जनप्रतिनिधि भित्रको क्रोध सायद जुम्ली जनताले पढ्न सकेनन्। त्यसपछिको चार घन्टामा जे-जे भयो ती सबै घटना जुम्ला र कर्णाली मात्र होइन सिंगो देशकै इतिहासमा एउटा कालो धब्बाका रुपमा रहनेछ।

त्यसपछि जे भयो...

सरकारका प्रतिनिधिहरु फर्किएसँगै, माथिको आदेश भन्दै स्थानीयको पहिलो घेरा तोडेर प्रहरी अस्पताल हातामा प्रवेश गर्‍यो। 

इमर्जेन्सीकै बाहिर सबैभन्दा अघि ६-७ जना सिस्टरहरु हुनुहुन्थ्यो। प्रहरीको पहिले कुटाइ खानेमा उहाँहरु नै पर्नुभयो। हात खोलेर उहाँहरुमाथि लाठी बजारियो। कसैको टाउकोमा लाग्यो, कसैको खुट्टामा, कसैलाई कपालमा समातेर पछारियो कोही यसै भुइँमा लडेर मुर्छा पर्नुभयो। ढोका छेउमै रहेका एक चिकित्सकमाथि दुई प्रहरी खनिए। उहाँको टाउको, ढाड र खुट्टामा चोट लागेको छ।

त्यसपछि प्रहरीहरु अस्पतालभित्र प्रवेश गरे। बर्दीधारी प्रहरीहरु अस्पतालमा पसेर स्वास्थ्यकर्मीलाई कुटपिट गर्न थाले। 

पश्चिमतर्फको गेट र सिलबन्दी तोड्न प्रहरी सफल भयो। छात्र होस् छात्रा केही नभनी निर्ममतापूर्वक लाठी प्रहार भयो। 

आफ्ना साथीहरुले कुटाइ खान थालिसकेपछि विद्यार्थी  थप आक्रोशित भए। नाराबाजी गर्दै, कुर्सी र बेन्चहरु प्रहरीतर्फ प्रहार गर्न लागे। 

यसैबीच प्रहरीले अश्रुग्यास प्रयोग गर्योर। वार्डमा रहेका बिरामी र कुरुवाहरुको भागाभाग भयो। टियर ग्यासको धुवाँले अस्पतालमा रहेको 'फायर अलार्म बज्न थाल्यो।

एक समय यस्तो भयो कि- अस्पतालभरि प्रहरी, अश्रुग्यासको धुवाँ, ड्याङ र डुङ आवाज, फायर अलार्मको साइरन र चिच्याइरहेका विद्यार्थी। सायद रणभूमिमा यस्तै हुन्छ होला।

विद्यार्थीहरु घाइते भइरहेका थिए। कोही सिधै प्रहरीको पिटाइ खाएर, कोही अश्रुग्यासको प्रभावले त कोही त्यहाँको माहोलले बेहोस भइरहेका थिए। एक समय त यस्तो आयो कि- बेहोस भएका एक विद्यार्थीलाई एकजनाले टाउको र अर्काले खुट्टातर्फ बोकिरहेका थियौँ, तब खुट्टातर्फ बोक्ने आफैं बेहोस भए। जब बल्लतल्ल घिस्स्याएर दुवैलाई इमेर्जेन्सीमा पुर्यासइयो, इमेर्जेन्सी पूरै 'प्याक'।

डा केसीको आन्दोलनमै सरिक भइरहँदा, तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले खटाएका प्रहरीको लौरी पनि खाइयो, बालुवाटरमा लखेटिएर पिटाइ पनि खाइयो, बानेश्वरमा प्रहरीसँग हातापाई पनि भयो तर यत्तिको ज्यादती आजसम्म देखेको थिएन।

करिब १२ बजे 

प्रहरीको जोश र आक्रोश देख्दा त्यसदिन अनसनमै रहनुभएका डा केसीमाथि पनि हातपात होला भन्ने शंका थियो। त्यसैले हामी केही साथी डा केसीको आडमै गयौं। उहाँ रहनु भएको वार्डको ढोका भित्रबाट ढ्याप्प लगायौं। साँचो लगाउने ठाउँमा तार बाध्यौं अनि सबै झ्यालका चुकुल लगायौं। 

बाहिर विद्यार्थी र प्रहरीबीच भएको झडपका कारण डा केसीसम्मै चर्काचर्का आवाज आइरहेकै थिए। उहाँ मौन हुनुहुन्थ्यो तर उहाँको मनको भाव मनिटरमा दुरुस्तै देख्न सकिन्थ्यो, अत्याधिक बढेको मुटुको गतिले।

केही क्षणमा बाहिर के भइरहेको छ, हामीले सब बतायौं। त्यसपछि उहाँ भावुक हुन लाग्नु भयो। विद्यार्थी र प्रहरी घाइते भएको कुराले उहाँलाई विक्षिप्त बनायो। एकछिन त बेकार भनिएछ जस्तो लाग्यो, तर लुकाएर पो कसरी लुक्थ्यो र! अस्पताल धुँवा-धुँवा भइसकेको थियो, अप्रिय  आवाजहरु निरन्तर आइरहेका थिए।

डा केसीले रुँदै 'यो सब रोक्न' भन्नु भयो। आफू काठमाडौं जान तयार भएको कुरा पनि बताउनुभयो। तर, भन्ने कसलाई। अस्पतालमा चलेको संग्राम रोक्ने कसरी?

प्रमुख जिल्ला अधिकारी (सिडियो) समक्ष डा केसीको सन्देश पुर्यामइयो। काठमाडौंमा फोन गरेर शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई समेत आग्रह गरियो। तर, धेरै समयसम्म पनि कसैको केही चलेन। 

जस्तो किसिमको वातावरण बाहिर थियो, जस्ता आवाजहरु कोठाभित्र हाम्रा कानसम्म आइरहेका थिए, हामीले सोच्यौँ आज यहाँ ठूलै जनधनको क्षति भइसकेको छ। भाग्यवश कसैको ज्यान गएन!

दिउँसो २ बजे

डा केसी काठमाडौं जान राजी भइसकेपछि २ बजेसम्ममा सबै प्रहरी अस्पताल बाहिर गइसकेका थिए। प्रहरीतर्फ पनि केही साथी घाइते भएका थिए। एसपीको हातमा चोट लागेको थियो, एक जवान छातीमा गम्भीर चोट लाग्यो भनेर इमर्जेन्सीमै आइपुगेका थिए। 

जति कुटाइ खाए पनि चिकित्सकहरुले आफ्नो धर्म भने छाडेनन्। त्यसैदिन मलाई आफ्नो पेसाप्रति झन् प्रगाढ माया बस्यो। आफ्नै टाउकोमा टाँका लगाएका चिकित्सकले घाइते प्रहरीको छातीमा टाँका लगाए। निर्घात कुटाइ खानु भएकी सिस्टरले आफ्नै ब्लड दिएर प्रहरीको ज्यान बचाउनुभयो। आफैंले लाठी चार्ज भनेर आदेश दिएका एसपी साबलाई 'डाइक्लोफिन्याक'को सुइ लगाउन तिनै पिटाइ खाने चिकित्सकले भ्याए।

डा केसीले काठमाडौं जान्छु भनेसँगै भित्र त स्थिति सामान्य बन्दै थियो, तर बाहिर भने जुम्लाबासी झन्‌झन् आक्रोशित बनिरहेका थिए। उनीहरुले भन्न थालेका थिए- हामीले प्रहरीको यत्ति कुटाइ खायौँ, अब कुनै पनि हालतमा डा केसीलाई यहाँबाट जान दिदैनौं। उहाँका माग हामी जुम्लाबाटै पूरा गराउनेछौँ।

यसैबीच, डा केसीले अडान लिनुभयो– म काठमाडौ त जान्छु तर सरकारले ल्याएको हेलिकोप्टरबाट होइन आफ्नै तरिकाले भोलि स्थिति सामान्य भएपछि मात्रै। बाहिर जम्मा भएका मानिस डा केसीको यस प्रस्तावले 'कन्भिस्ड' देखिन्थे।

तर, सरकार डा केसीका कुनै पनि कुरा सुन्न तयार थिएन। सरकारका सबै निकाय नेकपाको अघिल्लो रात बसेको आक्स्मिक बैठकमा भएको निर्णयको शिरोधार्य गर्न तत्पर थिए। अर्थात् जसरी हुन्छ त्यसदिन डा केसीलाई काठमाडौं उडाउनु थियो।

त्यसपछि प्रशासनले नयाँ जुक्ति निकाल्यो। डिएसपी डा तपन दाहालले माइकिङमा भने, 'हाम्रो एकजना साथी डाउन भइसकेका छन्, हामी चुप बस्न हुँदैन।' प्रहरीहरु यो सुन्नासाथ आक्रोशित भए। तिनै डिएसपिले यता डा केसीको कमजोरीमाथि खेल्ने काम गरे।

प्रशासनले राम्रोसँग बुझेको थियो, अस्पतालका विद्यार्थी वा स्थानीयलाई प्रहार गर्न सकियो भने डा केसी गल्नेछ्न्। त्यसैले डिएसपीले १० मिनेटको अल्टिमेटम दिए। 'डा साब तपाईं १० मिनेटभित्र जान तयार हुनु भएन भने हामी जम्मा भएका भीडमाथि फायर ओपन गर्नेछौं।'

योभन्दा ज्यादा डा केसीले सहन सक्नु भएन। अन्ततः रुँदैरुँदै काठमाडौं जान राजी हुनुभयो। पत्रकार सम्मेलन गर्दै जम्मा भएका स्थानीयलाई उहाँले सम्झाउनुभयो, 'तपाईंहरुले प्रहरीसँग लडेर मलाई यहाँबाट जान त रोक्नु होला तर केको एक्स्पेन्समा? कति जनाको ज्यानको बलिदानीमा? म कदापि चहान्न कि मेरो आन्दोलन हिंसात्मक होस्।'

३ बजे

जति नै हिम्मतिला भए पनि जुम्लीको मन भने सार्है कमलो रहेछ। डा केसीलाई बिदाइ गर्ने बेला सबैको गहभरि आँसु थियो। केहीले त तुरुन्तै सयपत्रीको माला पनि गाँस्न भ्याए। अन्तमा कसैले पनि डा केसीको माग पूरा गर् भनेनन्। यतिका दिन सँगै बसिसकेपछि सत्याग्रहको चुरो कुरो सबैले बुझिसकेका थिए।

त्यसैले त अस्पतालदेखि एयरपोर्टसम्म डा केसीलाई बिदाइ गर्न जाँदा सबैले एउटै नारा लगाइरहे, 'हाम्रो माग पूरा गर्, पूरा गर्'!

***

घटना घटेको तीन दिन बितिसक्दा पनि जुम्ला विक्षिप्त छ। चिकित्सकहरु प्रशासनले अस्पताल हाताभित्र छिरेर गरेको ज्यादतीको माफी नमागेसम्म काममा नफर्किने बताइरहेका छन्।

विद्यार्थीहरु अझै कति बेहोस् नै छन्, कति घटना सम्झँदै तर्सिरहेका छ्न्। नर्सिङ महाविद्यालय लेखेको हलमा ताल्चा लागिरहेको छ। मुख्यमन्त्री घटना सुनियोजित भएको ठान्दछ्न्, सबलाई कारबाही गर्ने धम्की दिइरहेका छन्।

अन्तमा यस्तो भयो कि, कुटाइ खाने पनि नर्स र चिकित्सक अनि कारबाहीको धम्की पाउने पनि उनीहरु नै!

प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्