• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘तिम्रो आवाजले मेरो अनुहारमा मुस्कान ल्याउँछ’

64x64
युवराज भट्टराई बिहीबार, भदौ २४, २०७८  ०७:०१
1140x725

पुस्तक पढ्नलाई लेखिन्छ। तर, सबै पुस्तक पढ्नलाई लेखिँदैन।

अब पुस्तकको परिभाषा फेरिएको छ। किनभने, पुस्तक सुन्नलाई पनि लेखिन्छ। सुन्ने पुस्तक अर्थात् ‘अडियो बुक’ विश्वभरिबाट प्रकाशित भइरहेका छन्। ‘स्टोरी टेल’, ‘ब्रिलेन्स अडियो’, ‘ओएसिस अडियो’ जस्ता प्रकाशन गृहले पुस्तकलाई कागजमा नभएर आवाजमा प्रकाशन गर्छन्।

भारतमा पनि स्टोरी टेलिङ (कथावाचन) र अडियो बुकको ‘ट्रेन्ड’ चलिसकेको छ। तर, नेपालको लागि भने यो नौलो विषय हो। प्रकाशित पुस्तकलाई एक दशकदेखि रेडियो वाचन गरिए पनि अडियोकै स्वरुपमा मात्र प्रकाशन गर्ने चलन थिएन।

साइग्रेस पोखरेलले दुई वर्षअघि नेपालमा पनि अडियो बुक भित्र्याएका छन्। उनको कामले व्यापकता पाइसकेको छैन। तर, अन्य धेरैलाई स्टोरी टेलिङ र अडियो बुकतर्फ आकर्षित गरेको छ। उनी आफू युवामाझ लोकप्रिय बनेका छन्।

डिजिटल माध्यममार्फत कथा, लघुकथा, प्रेरक कथा लगायतमा आवाज भर्ने साइग्रेस धेरै युवापुस्तामा चर्चित छन्। यु–ट्युबमा सार्वजनिक उनका उपन्यासलाई धेरैले रुचाएका छन्। पाठकले यु–ट्युबमै दिएको ‘कमेन्ट’मा उनको आवाज र प्रस्तुतिलाई रुचाएको उल्लेख गरेका छन्। ‘आकांक्षा’ अडियो उपन्यासमा कमेन्ट गर्दै सोनिया अधिकारीले लेखेकी छन्, ‘तिम्रो आवाजले मेरो अनुहारमा मुस्कान ल्याउँछ।’

यो उदाहरण मात्र हो।

‘कतिले मेरो आवाज सुनेर निदाउने गरेको भन्नुहुन्छ, कतिले उपन्यास र आवाज आफ्नै लागि झैँ लागेको बताउनुहुन्छ,’ उनी भन्छन्, ‘यस्तै प्रतिक्रियाहरुले नै मलाई अघि बढिरहन प्रोत्साहित गरेको छ।’

काठमाडौंमै जन्मे–हुर्केका साइग्रेस हाल स्पेनमा छन्। हप्तामा कम्तीमा एउटा र समय मिल्दा तीन चार वटासम्म अडियो आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छन्। करिब तीन लाख सब्स्क्राइबर भएको उनको च्यानल पुस्तक सुन्न मन लाग्नेहरुको साझा थलो भएको छ। उनले आफैंले लेखेका पाँच वटा उपन्यासलाई अडियो बुकको रुपमा यु–ट्युबमार्फत सार्वजनिक गरेका छन्। उनका लघुकथा र कथाको सुची त लामै छ। कहिलेकाहीँ सामाजिक विषयवस्तुमा पनि बोल्छन्।

Ncell 2
Ncell 2

चर्चामा भने उनका उपन्यास नै छन्। युट्युबमा राखिएको उनको पहिलो अडियो उपन्यास ‘अधुरो प्रेम’ ३० लाखभन्दा धेरै पटक सुनिएको/हेरिएको छ। अन्य उपन्यास पनि लाखौं पटक सुनिएका/हेरिएका छन्। हालसम्म उनले ‘के यो माया हो?’, ‘विवाहको स्वीकृति’, ‘आकृति’, ‘आकांक्षा’, ‘नसुल्झिएको रहस्य’ लगायत अडियो उपन्यास सार्वजनिक गरिसकेका छन्। 

अडियो बुक प्रकाशनको यात्रा
साइग्रेसको बाल्यकाल केही वर्ष काठमाडौंको न्युरोडतिर बित्यो। त्यसपछि उनको परिवार कलंकी बसाइँ सर्‍यो। त्यतिबेला लोडसेडिङका कारण बत्ती आउनेभन्दा जाने समय धेरै हुन्थ्यो। बत्ती जाँदा बुवाले भन्ने कथा सुन्दै हुर्किए।

उनको बुवा साँझमा प्रायः लोककथा सुनाउँथे। उनी पनि बिस्तारै लेख्न र बोल्नमा रुचि राख्न थाले। उनले पहिलो पटक २०६९ सालमा पोखरामा  सार्वजनिक रुपमा कथा वाचन गरेका थिए। त्यहाँ भएको ‘युथ कन्फ्रेन्स’मा १२ सयभन्दा धेरै युवाको बीचमा उनको आवाज सुनियो। उनको प्रस्तुति सुनेपछि ‘आवाजमा दम छ’ भन्नेको संख्या धेरै भयो। उनी भन्छन्, ‘मलाई हौसला भयो। यसैमा काम गर्न थालें। आवाजबाटै चिनिन नयाँ उपाय खोज्न थालेँ।’

त्यसअघि २०६५ सालबाट साइग्रेस स्वास्थ्य मन्त्रालयमा जागिरे भएका थिए। कागजमा लेखिएका विवरणहरुलाई डिजिटाइज गर्ने र अनुसन्धान गर्ने उनको काम थियो। ‘स्वास्थ्य मन्त्रालयमा काम गरिरहँदा हरेक विषयलाई कसरी डिजिटल रुपमा लैजान आवश्यक छ भन्ने सिकिरहेको थिएँ,’ साइग्रेस भन्छन्, ‘लेख्न र बोल्नमा मलाई पहिल्यैबाट रुचि थियो। दुवै कुरालाई मिलाएर अघि बढाएको हुँ।’

मन्त्रालयमा ‘डकुमेन्टेसन’को कामले उनको भाषा निखारियो।

२०७२ सालमा उनी जागिर छाडेर डेनमार्क पुगे। त्यहाँ उनको काम ‘मिडिया म्यानेजमेन्ट’ थियो। ‘फिल्म मेकिङ’ मा पनि जोडिए। त्यसबाहेक ‘स्टोरी टेलिङ’ गरिरहेका थिए। पहिला उनी स–साना भिडियो बनाएर फेसबुकमा राख्थे। प्रायः छोटो प्रेरक कथा वाचन गरेर राखिएका भिडियोमा लाखौं ‘भ्युज’ आउँथ्यो। 

२०७३ सालमा ‘माइ माइक नेपाल’ नामको ग्रुप बनाएर अरुलाई पनि स्टोरी टेलिङको विषय बुझाउन थाले। ‘२०७२ सालमा म डेनमार्क गएपछि पूर्ण रुपमा डिजिटल माध्यमसँग जोडिएका काम गर्न थालें,’ उनी भन्छन्, ‘अहिले पनि मिडिया म्यानेजमेन्टसँग जोडिएका काम गर्छु। योसँगै मैले आफ्नो लेखनलाई पनि निरन्तरता दिएको छु। विस्तारै आवाजले चिनिन थालेपछि अडियो बुकमा काम गर्न थालेको हुँ।’

फेसबुकमा आवाजको प्रसंशा हुन थालेपछि आफूले लेखिरहेको उपन्यासलाई उनले अडियोका विभिन्न भाग बनाएर फेसबुकमा राखे। प्रेम विषयमा आधारित उनको अडियो उपन्यास धेरैले मन पराए। अनि सबै भागलाई एउटै बनाएर करिब डेढ घन्टा लामो अडियो बुक यु–ट्युबमा सार्वजनिक गरे।

साइग्रेसको उपन्यास यति लोकप्रिय भयो कि यु–ट्युबमा उनका सब्स्क्राइबरको संख्या ह्वात्तै बढ्यो। उपन्यास सार्वजनिक गर्नुअघि तीन हजार मात्र रहेका सब्स्क्राइबरको संख्या अहिले तीन लाख नजिक पुगिसकेको छ। ‘नेपालमा उपन्यास प्रकाशन गर्नु एकदम झन्झटिलो छ, प्रकाशन गृहसम्म हाम्रो पहुँच पनि हुँदैन।’ उनी भन्छन्, ‘अडियो बुकमार्फत निकाल्दा खर्चको पाटो जोगियो, आफ्नो सिर्जना राम्रो भए धेरै स्रोतामाझ पुग्न सकिहालिन्छ।’

आवाजको व्यावसायीकरण
नेपालमा रेडियोमा बोलेर आवाजको माध्यमबाट चर्चा बटुल्ने कमै छन्। एफएम रेडियोको सुरुआतसँगै नयाँ पुस्ताका रेडियोकर्मी पनि आवाजमार्फत चिनिएका थिए। तर, सामाजिक सञ्जालको लोकप्रियतासँगै धेरैजसो त्यतै भुलिन थालेका छन्। 

मिठो आवाज रेडियोको लागि मात्रै नभएको साइग्रेस बताउँछन्। आवाजलाई व्यावसायिक बनाउन सकिने धेरै क्षेत्र रहेको उनको भनाइ छ। भारतमा पनि दक्षिण भारतीय सिनेमाहरुलाई हिन्दी भाषामा डबिङ गरेर प्रसारण गरिन्छ। डकुमेन्ट्री, फिल्मको डबिङ, अडियो बुकमा पनि आवाजको महत्व हुन्छ। ‘युट्युबमा भ्युज पाउन सजिलो छैन,’ उनी भन्छन्, ‘सुरुआतमै भ्युज ल्याउँछु, त्यहाँबाट पैसा कमाउँछु भन्दा पनि आफ्नो आवाजलाई व्यावसायिक बनाउनेतर्फ मैले ध्यान दिएको थिएँ। त्यही अनुसार आफ्ना अडियो बुक, स्टोरी टेलिङका भिडियोहरुलाई गुणस्तरीय बनाएँ।’

नेपालमा यो क्षेत्रमा उत्साहजनक रुपमा काम नभएको उनको ठम्याइ छ। अडियो बुकमा मात्र होइन आवाजलाई व्यावसायीकरण गर्ने सवालमै नेपालमा खास काम नभएको उनी बताउँछन्। 

साइग्रेसको लोकप्रियता प्रायः युवा पुस्तामा छ। कथा वाचनबाट चर्चामा आएपछि उनलाई सुन्नेहरुले नै उपन्यास लेख्नेदेखि वाचनकै विषयमा सोध्छन्। समय-समयमा साइग्रेस उनीहरुलाई प्रशीक्षण पनि दिन्छन्, त्यसका लागि पारिश्रमिक लिन्छन्। त्यसबाहेक उनी अहिले विभिन्न व्यापारिक कम्पनी र गैरसरकारी संस्थाका विज्ञापनमा आवाज दिन्छन्। आइएमइ ग्रुप, सेभ द चिल्ड्रेन, युएन नेपाल, वाटर एडलगायत संस्थासँग सहकार्य गरिरहेका छन्।

आफूले गरेको कामले नेपालमा ‘भोइस ओभर’, अडियो बुक, स्टोरी टेलिङ क्षेत्रमा थोरै भए पनि मान्छेको ध्यान गएको उनी बताउँछन्। ‘आफ्नो आवाज दिएर पनि पैसा कमाइन्छ र? भन्ने लाग्छ मान्छेलाई,’ उनी भन्छन्, ‘तर, हुँदो रहेछ। मैले पनि गर्दै जाँदा भएको छ। हिजोसम्म विल्कुलै नयाँ भनिएको विषयलाई थोरै भए पनि परिचित र व्यावसायिक बनाउन सकेको छु।’

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्