• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘तिम्रो आवाजले मेरो अनुहारमा मुस्कान ल्याउँछ’

64x64
युवराज भट्टराई बिहीबार, भदौ २४, २०७८  ०७:०१
1140x725

पुस्तक पढ्नलाई लेखिन्छ। तर, सबै पुस्तक पढ्नलाई लेखिँदैन।

अब पुस्तकको परिभाषा फेरिएको छ। किनभने, पुस्तक सुन्नलाई पनि लेखिन्छ। सुन्ने पुस्तक अर्थात् ‘अडियो बुक’ विश्वभरिबाट प्रकाशित भइरहेका छन्। ‘स्टोरी टेल’, ‘ब्रिलेन्स अडियो’, ‘ओएसिस अडियो’ जस्ता प्रकाशन गृहले पुस्तकलाई कागजमा नभएर आवाजमा प्रकाशन गर्छन्।

भारतमा पनि स्टोरी टेलिङ (कथावाचन) र अडियो बुकको ‘ट्रेन्ड’ चलिसकेको छ। तर, नेपालको लागि भने यो नौलो विषय हो। प्रकाशित पुस्तकलाई एक दशकदेखि रेडियो वाचन गरिए पनि अडियोकै स्वरुपमा मात्र प्रकाशन गर्ने चलन थिएन।

साइग्रेस पोखरेलले दुई वर्षअघि नेपालमा पनि अडियो बुक भित्र्याएका छन्। उनको कामले व्यापकता पाइसकेको छैन। तर, अन्य धेरैलाई स्टोरी टेलिङ र अडियो बुकतर्फ आकर्षित गरेको छ। उनी आफू युवामाझ लोकप्रिय बनेका छन्।

डिजिटल माध्यममार्फत कथा, लघुकथा, प्रेरक कथा लगायतमा आवाज भर्ने साइग्रेस धेरै युवापुस्तामा चर्चित छन्। यु–ट्युबमा सार्वजनिक उनका उपन्यासलाई धेरैले रुचाएका छन्। पाठकले यु–ट्युबमै दिएको ‘कमेन्ट’मा उनको आवाज र प्रस्तुतिलाई रुचाएको उल्लेख गरेका छन्। ‘आकांक्षा’ अडियो उपन्यासमा कमेन्ट गर्दै सोनिया अधिकारीले लेखेकी छन्, ‘तिम्रो आवाजले मेरो अनुहारमा मुस्कान ल्याउँछ।’

यो उदाहरण मात्र हो।

‘कतिले मेरो आवाज सुनेर निदाउने गरेको भन्नुहुन्छ, कतिले उपन्यास र आवाज आफ्नै लागि झैँ लागेको बताउनुहुन्छ,’ उनी भन्छन्, ‘यस्तै प्रतिक्रियाहरुले नै मलाई अघि बढिरहन प्रोत्साहित गरेको छ।’

काठमाडौंमै जन्मे–हुर्केका साइग्रेस हाल स्पेनमा छन्। हप्तामा कम्तीमा एउटा र समय मिल्दा तीन चार वटासम्म अडियो आफ्नो युट्युब च्यानलमा पोस्ट गर्छन्। करिब तीन लाख सब्स्क्राइबर भएको उनको च्यानल पुस्तक सुन्न मन लाग्नेहरुको साझा थलो भएको छ। उनले आफैंले लेखेका पाँच वटा उपन्यासलाई अडियो बुकको रुपमा यु–ट्युबमार्फत सार्वजनिक गरेका छन्। उनका लघुकथा र कथाको सुची त लामै छ। कहिलेकाहीँ सामाजिक विषयवस्तुमा पनि बोल्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चर्चामा भने उनका उपन्यास नै छन्। युट्युबमा राखिएको उनको पहिलो अडियो उपन्यास ‘अधुरो प्रेम’ ३० लाखभन्दा धेरै पटक सुनिएको/हेरिएको छ। अन्य उपन्यास पनि लाखौं पटक सुनिएका/हेरिएका छन्। हालसम्म उनले ‘के यो माया हो?’, ‘विवाहको स्वीकृति’, ‘आकृति’, ‘आकांक्षा’, ‘नसुल्झिएको रहस्य’ लगायत अडियो उपन्यास सार्वजनिक गरिसकेका छन्। 

अडियो बुक प्रकाशनको यात्रा
साइग्रेसको बाल्यकाल केही वर्ष काठमाडौंको न्युरोडतिर बित्यो। त्यसपछि उनको परिवार कलंकी बसाइँ सर्‍यो। त्यतिबेला लोडसेडिङका कारण बत्ती आउनेभन्दा जाने समय धेरै हुन्थ्यो। बत्ती जाँदा बुवाले भन्ने कथा सुन्दै हुर्किए।

उनको बुवा साँझमा प्रायः लोककथा सुनाउँथे। उनी पनि बिस्तारै लेख्न र बोल्नमा रुचि राख्न थाले। उनले पहिलो पटक २०६९ सालमा पोखरामा  सार्वजनिक रुपमा कथा वाचन गरेका थिए। त्यहाँ भएको ‘युथ कन्फ्रेन्स’मा १२ सयभन्दा धेरै युवाको बीचमा उनको आवाज सुनियो। उनको प्रस्तुति सुनेपछि ‘आवाजमा दम छ’ भन्नेको संख्या धेरै भयो। उनी भन्छन्, ‘मलाई हौसला भयो। यसैमा काम गर्न थालें। आवाजबाटै चिनिन नयाँ उपाय खोज्न थालेँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसअघि २०६५ सालबाट साइग्रेस स्वास्थ्य मन्त्रालयमा जागिरे भएका थिए। कागजमा लेखिएका विवरणहरुलाई डिजिटाइज गर्ने र अनुसन्धान गर्ने उनको काम थियो। ‘स्वास्थ्य मन्त्रालयमा काम गरिरहँदा हरेक विषयलाई कसरी डिजिटल रुपमा लैजान आवश्यक छ भन्ने सिकिरहेको थिएँ,’ साइग्रेस भन्छन्, ‘लेख्न र बोल्नमा मलाई पहिल्यैबाट रुचि थियो। दुवै कुरालाई मिलाएर अघि बढाएको हुँ।’

मन्त्रालयमा ‘डकुमेन्टेसन’को कामले उनको भाषा निखारियो।

२०७२ सालमा उनी जागिर छाडेर डेनमार्क पुगे। त्यहाँ उनको काम ‘मिडिया म्यानेजमेन्ट’ थियो। ‘फिल्म मेकिङ’ मा पनि जोडिए। त्यसबाहेक ‘स्टोरी टेलिङ’ गरिरहेका थिए। पहिला उनी स–साना भिडियो बनाएर फेसबुकमा राख्थे। प्रायः छोटो प्रेरक कथा वाचन गरेर राखिएका भिडियोमा लाखौं ‘भ्युज’ आउँथ्यो। 

२०७३ सालमा ‘माइ माइक नेपाल’ नामको ग्रुप बनाएर अरुलाई पनि स्टोरी टेलिङको विषय बुझाउन थाले। ‘२०७२ सालमा म डेनमार्क गएपछि पूर्ण रुपमा डिजिटल माध्यमसँग जोडिएका काम गर्न थालें,’ उनी भन्छन्, ‘अहिले पनि मिडिया म्यानेजमेन्टसँग जोडिएका काम गर्छु। योसँगै मैले आफ्नो लेखनलाई पनि निरन्तरता दिएको छु। विस्तारै आवाजले चिनिन थालेपछि अडियो बुकमा काम गर्न थालेको हुँ।’

फेसबुकमा आवाजको प्रसंशा हुन थालेपछि आफूले लेखिरहेको उपन्यासलाई उनले अडियोका विभिन्न भाग बनाएर फेसबुकमा राखे। प्रेम विषयमा आधारित उनको अडियो उपन्यास धेरैले मन पराए। अनि सबै भागलाई एउटै बनाएर करिब डेढ घन्टा लामो अडियो बुक यु–ट्युबमा सार्वजनिक गरे।

साइग्रेसको उपन्यास यति लोकप्रिय भयो कि यु–ट्युबमा उनका सब्स्क्राइबरको संख्या ह्वात्तै बढ्यो। उपन्यास सार्वजनिक गर्नुअघि तीन हजार मात्र रहेका सब्स्क्राइबरको संख्या अहिले तीन लाख नजिक पुगिसकेको छ। ‘नेपालमा उपन्यास प्रकाशन गर्नु एकदम झन्झटिलो छ, प्रकाशन गृहसम्म हाम्रो पहुँच पनि हुँदैन।’ उनी भन्छन्, ‘अडियो बुकमार्फत निकाल्दा खर्चको पाटो जोगियो, आफ्नो सिर्जना राम्रो भए धेरै स्रोतामाझ पुग्न सकिहालिन्छ।’

आवाजको व्यावसायीकरण
नेपालमा रेडियोमा बोलेर आवाजको माध्यमबाट चर्चा बटुल्ने कमै छन्। एफएम रेडियोको सुरुआतसँगै नयाँ पुस्ताका रेडियोकर्मी पनि आवाजमार्फत चिनिएका थिए। तर, सामाजिक सञ्जालको लोकप्रियतासँगै धेरैजसो त्यतै भुलिन थालेका छन्। 

मिठो आवाज रेडियोको लागि मात्रै नभएको साइग्रेस बताउँछन्। आवाजलाई व्यावसायिक बनाउन सकिने धेरै क्षेत्र रहेको उनको भनाइ छ। भारतमा पनि दक्षिण भारतीय सिनेमाहरुलाई हिन्दी भाषामा डबिङ गरेर प्रसारण गरिन्छ। डकुमेन्ट्री, फिल्मको डबिङ, अडियो बुकमा पनि आवाजको महत्व हुन्छ। ‘युट्युबमा भ्युज पाउन सजिलो छैन,’ उनी भन्छन्, ‘सुरुआतमै भ्युज ल्याउँछु, त्यहाँबाट पैसा कमाउँछु भन्दा पनि आफ्नो आवाजलाई व्यावसायिक बनाउनेतर्फ मैले ध्यान दिएको थिएँ। त्यही अनुसार आफ्ना अडियो बुक, स्टोरी टेलिङका भिडियोहरुलाई गुणस्तरीय बनाएँ।’

नेपालमा यो क्षेत्रमा उत्साहजनक रुपमा काम नभएको उनको ठम्याइ छ। अडियो बुकमा मात्र होइन आवाजलाई व्यावसायीकरण गर्ने सवालमै नेपालमा खास काम नभएको उनी बताउँछन्। 

साइग्रेसको लोकप्रियता प्रायः युवा पुस्तामा छ। कथा वाचनबाट चर्चामा आएपछि उनलाई सुन्नेहरुले नै उपन्यास लेख्नेदेखि वाचनकै विषयमा सोध्छन्। समय-समयमा साइग्रेस उनीहरुलाई प्रशीक्षण पनि दिन्छन्, त्यसका लागि पारिश्रमिक लिन्छन्। त्यसबाहेक उनी अहिले विभिन्न व्यापारिक कम्पनी र गैरसरकारी संस्थाका विज्ञापनमा आवाज दिन्छन्। आइएमइ ग्रुप, सेभ द चिल्ड्रेन, युएन नेपाल, वाटर एडलगायत संस्थासँग सहकार्य गरिरहेका छन्।

आफूले गरेको कामले नेपालमा ‘भोइस ओभर’, अडियो बुक, स्टोरी टेलिङ क्षेत्रमा थोरै भए पनि मान्छेको ध्यान गएको उनी बताउँछन्। ‘आफ्नो आवाज दिएर पनि पैसा कमाइन्छ र? भन्ने लाग्छ मान्छेलाई,’ उनी भन्छन्, ‘तर, हुँदो रहेछ। मैले पनि गर्दै जाँदा भएको छ। हिजोसम्म विल्कुलै नयाँ भनिएको विषयलाई थोरै भए पनि परिचित र व्यावसायिक बनाउन सकेको छु।’

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्