काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू :
१) सरकार र विप्लवले नेतृत्व गरेको नेकपाबीच औपचारिक रुपमा वार्ता आरम्भ, प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीको दाबी
२) प्रचण्ड–नेपाल पक्षीय नेकपाले गर्यो प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जनालाई कारवाही, संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत ६ महिनाका लागि निलम्बन
३) नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन, संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार बोलाइयो कांग्रेस संसदीय दलको बैठक
४) म्यानमारमा सैनिकले सत्ता कब्जाविरुद्धको आन्दोलनमा सरकारद्धारा चर्को दमन, प्रदर्शन नियन्त्रणका लागि सेनाले चलाएको गोली लागि थप ९ जनाको मृत्यु
५) न्युजिल्यान्डविरुद्धको टि–२० क्रिकेट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले फराकिलो जित, २०९ रनको विशाल चुनौती पछ्याएको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा बानायो १४४ रन