काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) वीरगञ्जमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो, उदयपुरमा मात्रै २८ जना संक्रमित, १६ जना उपचारपछि निको । (थप तीन जनामा कोरोना)
२) शक्ति प्रदर्शनमा नेकपाका दुवै समूह, आफ्नो पक्षमा बलियो पकड रहेको देखाउन दुबै पक्षको हस्ताक्षर अभियान, प्रधानमन्त्रीको बहुमत पुगेको ओली पक्षको दाबी । (नेकपाभित्र शक्ति प्रदर्शनको होड)
३) चालु आवको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण, नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ७६ अर्ब रुपैयाँ पुग्यो । (आर्थिक वृद्धिदर कम हुने प्रक्षेपण)
४) फ्रान्सको शीर्ष दुई डिभिजन लिग वान र लिग टू फुटबल प्रतिस्पर्धा स्थगित, सरकारले बन्द रंगशालामा समेत सेप्टेम्बरसम्म खेल नखेल्न भनेसँगै फ्रेन्च लिग फुटबल रोकियो । (फ्रेन्च लिग फुटबल स्थगित)
५) र, स्वास्थ्यमा समस्या आएपछि मुम्बईस्थित कोकीलाबेन अस्पताल भर्ना भएका बलिउड अभिनेता इरफान खानको निधन, क्यान्सरबाट पीडित खानकोे ५४ वर्षको उमेरमा मृत्यु । (अभिनेता इरफान खानको निधन)