• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

उपराष्ट्रपति पुनदेखि विप्लवसम्मका गुरु सभामुख महरा

64x64
नेपाल लाइभ आइतबार, असार ८, २०७६  ११:३०
1140x725

रोल्पा- कृष्णबहादुर महरा प्रतिनिधसभाका सभामुख छन्। कुनैबेला उनी शीक्षक थिए। आफूले पढेको विद्यालयममा शिक्षक बनेका महराले थुप्रै विद्यार्थीलाई पढाए। महराले औपचारिक किताब मात्र पढाएनन्। माक्सवादका राता किताब पनि पढाए। फलस्वरुप उनले पढाएका धेरै विद्यार्थी अहिले केन्द्रीय राजनीतिको प्रभावशाली भूमिकामा छन्।

सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा महराले उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, उर्जा, सिँचाइ तथा जलश्रोत मन्त्री वर्षमान पुनलाई पढाए। 

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर बुढा, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले समेत सोही विद्यालयमा अध्ययन गरेका थिए। वर्तमान राज्य व्यवस्थालाई चुनौती दिँदै मुलधार बहिरको राजनीतिमा रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' पनि सोही विद्यालयमा पढेका महराका विद्यार्थी हुन्। यी सवैका शैक्षिक गुरु महरा लामो समय धेरैका राजनीतिक गुरुको भूमिकामा समेत रहे।

२०२३ सालमा स्थापना भएको सो विद्यालयमा सभामुख महराले २०३४ सालसम्म अध्ययन गरेका थिए। २०३४ सालमा एसएलसी पास गरेका महराले पोखराबाट विज्ञानमा प्रविणता प्रमाणपत्र तहको अध्ययन पूरा गरेका थिए। प्रविणता प्रमाणपत्र तह पूरा गरेसँगै महरा आफैंले अध्ययन गरेको विद्यालयमा विज्ञान शिक्षक बने।

२०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुपूर्वसम्म महरा सोही विद्यालयका शिक्षक थिए। महराले सोही अवधिमा नेपालको समकालीन राजनीतिमा सक्रिय दर्जनौं नेताहरुलाई पढाएका हुन्।

महरा शिक्षक भएको सोही विद्यालयमा उपराष्ट्रपति पुनले २०३७ देखि २०३८ सम्म २ वर्ष अध्ययन गरे। उपराष्ट्रपति पुनको घर भने रोल्पाको रांसीमा पर्छ। घर नजिक माध्यमिक तहको विद्यालय नभएका कारण उपराष्ट्रपति पुनले केही समय थवाङमा रहेको वीरवलभद्र माध्यमिक विद्यालयमा समेत अध्ययन गरेका थिए। उक्त २ वर्ष महरा नन्दबहादुर पुनका विज्ञान विषयका गुरुको रुपमा रहे।

माध्यमिक तहको अध्ययनका लागि सदरमुकाम आएका पुनले बालकल्याण माविबाट एसएलसी पास गर्दै उच्च शिक्षाका लागि दाङमा रहेको महेन्द्र बहुमुखी क्याम्पस भर्ना भएका थिए।

महराले उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई सो विद्यालयमा २०४२ देखि २०४५ सालसम्म पढाएका थिए। सदरमुकाम लिवाङवाट करिब २ घण्टा पैदल दूरीमा रहेको जंकोट माडीचौरका पुनले सो विद्यालयमा अध्ययन गर्दा पञ्चायती व्यवस्थाको उत्तरार्द्धको समय थियो। २०४५ सालमा एसएलसी उत्तिर्ण गरेका पुनले दाङमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरे।

nimb
nimb

कानुनका विद्यार्थी पुनले वकालत पेसाको सट्टा राजनीति रोजेर २०५२ देखि नै तत्कालीन नेकपा (माओवादी)ले थालेको सशस्त्र युद्धमा सामेल भए।

२०६२/०६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ वाट निर्वाचित पुन मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो अर्थमन्त्री हुन्।

२०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भने उनी मोरङ क्षेत्र नम्बर ९ बाट पराजित भएका थिए। पुन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ रोल्पाबाट निर्वाचित भएसँगै वर्तमान सरकारको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रीको भूमिकामा छन्।

व्यवस्थापिका संसद्‌की पूर्वसभामुख ओनसरी घर्तीमगर सो विद्यालयमा अध्ययन गर्ने महराकी अर्की विद्यार्थी हुन्।

पूर्वसभामुख घर्तीले बालकल्याण माविमा २०४७ देखि २०५० सालसम्म अध्ययन गरेकी थिइन्। घर्तीको घर भने रोल्पाको जंकोटमा पर्दछ।

माओवादी युद्धको प्रारम्भमै पार्टीङ्को पूर्णकालीन सदस्य बनेकी घर्तीले युद्धकालमै माओवादी नेता वर्षमान पुनसँग विवाह गरेकी हुन्। विद्यार्थी संगठन, महिला संगठन हुँदै पार्टीको विभिन्न जिम्मेवारी पूरा गरेकी घर्ती २०६२/०६३ को राजनैतिक परिवर्तनपछि विधायिका बनिन्।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद बनेकी घर्तीले युवा तथा खेलकुदमन्त्रीसमेत कार्यभार सम्हालिन्। २०७० सालको दोश्रो संविधानसभा निर्वाचनवाट रोल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएसँगै नेपालकै पहिलो महिला सभामुख बन्ने सौभाग्य प्राप्त गरेकी हुन्।

२०७४ सालको संसदीय निर्वाचनमा संघीय संसद्‌मा समानुपातिक सांसद बनेकी घर्ती हाल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रेदश ५ अध्यक्षसमेत हुन्।

रुकुम पूर्वसँग सिमाना जोडिएको रोल्पा इरिवाङका नेत्रविक्रम चन्द 'विप्लव' पनि सो विद्यालयमा अध्ययन गरेका कृष्णबहादुर महराका अर्का विद्यार्थी हुन्।

समकालीन राजनीतिमा फरक धारको राजनीति गर्दै आएका चन्द सो विद्यालयमा अध्ययन गर्दा पनि निकै विद्रोही स्वभावका रहेको उनका गुरुहरु बताउछन्। जिल्लामा हुने विद्यार्थी आन्दोलनमा सधैँ अग्रपंक्तिमा रहेर नेतृत्व गर्ने चन्द अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षसमेत भएका थिए। युद्धककालमा माओवादीले बनाएको आधार इलाकीय ब्युरो इन्चार्जसमेत रहेका चन्द पछिल्लो पटक भूमिगत राजनीतिमा छन्।

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे सशस्त्र युद्धमा २०५२ देखि नै पूर्णकालिन चन्द पछिल्लो राजनैतिक परिवर्तनप्रति सन्तुष्ट छैनन्। हाल नेपाल कम्युनिस्ट पार्टीको महासचिव रहेका चन्द अपुरो क्रान्ति पुरा गर्ने भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरी त्यसको नेतृत्व गरिरहेका छन्।

कृष्णबहादुर महराले सोही विद्यालयमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समेत पढाएका थिए।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, नेपाल विद्यार्थि संघका पूर्वमहामन्त्री मनोजमणी आचार्य समेत महराका विद्यार्थी रहिसकेका छन्।

यसका साथै जिल्ला तहमा समेत विभिन्न राजनीतिक दलमा रहेर नेतृत्व गरिरहेका कैयौं जिल्ला स्तरीय नेताहरुका समेत गुरु मानिन्छन् महरा।

पछिल्लो पटक शिक्षा मन्त्रालयले उक्त विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरेको छ। समुदाय र स्थानीय तहसँग राम्रो समन्वय गरी विद्यालय सञ्चालन गरेको भन्दै सो विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए।

'विद्यालयले पछिल्ला दिनमा गरेको शैक्षिक सुधार तथा समन्वयका कारण नमूना विद्यालयको रुपमा छनोट भएको हो,' प्राचार्य पोख्रेलले जानकारी दिए।

वर्तमान नेपाली राजनीतिका अति विशिष्ट व्यक्तित्वदेखि प्रभावशाली नेताहरु उत्पादन गरेको सो विद्यालयलाई शैक्षिक पर्यटनको रुपमा विकास गर्न सकिने जानकारहरु बताउँछन्। पहिचान शून्य रहेको विद्यालय पछिल्ला दिनमा गरिएको शैक्षिक सुधारसँगै जिल्लाको नमूना विद्यालय बन्न सफल भएको विद्यालय व्यवस्थापन समितिका सदस्य खटकबहादुर खत्रीको भनाइ छ।

'विद्यालयलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउने गरी बहस थालेका छौं,' सदस्य खत्रीले भने। राष्ट्रियस्तरमै प्रभावशाली भूमिकामा रहेका दर्जनौं व्यक्ति उत्पादन गर्ने विद्यालयलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन सवैले पहल थाल्नुपर्छ सदस्य खत्रीले भने।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्