डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रबाट जनताले माग गरेपछि निःशुल्क शिविरको आयोजना गरिएको भागेश्वर गाउँपालिकाका सि अहेव मदन भाटले बताए।
शिविरमा भाइरलजन्य रोगका साथै दम, दाँत लगायतका बिरामीको समेत उपचार गरिएको छ । दुर्गम गाउँका सर्वसाधारणको स्वास्थ्य सेवा दिनका लागि उनीहरुको सहजताका लागि गाउँपालिकाले गाउँमै शिविरको आयोजना गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले जानकारी दिए। गाउँमै उपचार गर्न पाउँदा बिरामी खुशी भएका छन् ।
उक्त गाउँबाट उपचारका लागि स्वास्थ्यसंस्थासम्म पुग्न छ घण्टा लाग्ने भएकाले भाइरलका सबै बिरामीले उपचार गर्न पाएका थिएनन्।
योभन्दा पहिला अनुमानका भरमा औषधि खाने गरेको स्थानीय जडीबुटीका भरमा बाँचिरहेका मानिसले दक्ष चिकित्सकबाट उपचार पाउँदा खुशी लागेको भागेश्वरका दानबहादुर भाटले बताए। गाउँस्तरमा स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलोपटक भएकाले जनप्रतिनिधि भएको महसुस गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।