पोखरा– नेकपा (माओवादी केन्द्र) प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ ।
समितिको एक उपाध्यक्ष र दुई जना सदस्यपछि मनोनित गरिने सचिव विनय थापाले बताए।
महानगरका ३३ वटै वडाबाट निर्वाचित ८०० प्रतिनिधि सम्मिलित सम्मेलन आइतबार साँझ सकिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।