काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा दुई अध्यक्षले पार्टीको राजनीतिक प्रतिवेदनमा गरिएको सम्पादनबारे सचिवालय सदस्यलाई जानकारी गराएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमाथिको सम्पादनको प्रक्रिया र सम्पादनका विषयबारे जानकारी गराएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
पार्टी एकता एकीकरणको बाँकी प्रक्रिया छिटै सम्पन्न गर्ने विषय बैठकमा उठेपनि त्यसबारे निर्णयमा भने नपुगेको उनले बताए।
'कार्यविभाजन, केन्द्रीय कमटिीका सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय र विभागहरुको गठन लगायत विषयमा शिघ्र निर्णय गर्ने र एकता एककीकरणको काम सम्पन्न गर्ने र पार्टी पक्तिलाई केन्द्रीकृत योजन ाअख्न्र्तगत परिचालित गर्ने निर्णय बैठकले गरेको छ,' उनले भने।
सरकारको कामकारबाही प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिए।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी गराएको नेता बामदेव गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।