काठमाडौं- अक्षय कुमार आजभोलि रोहित शेट्टीको निर्देशनमा बन्दै गरेको फिल्म सूर्यवंशीको शुटिङमा व्यस्त छन्। उनले आजसम्म १ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
फिल्मी क्षेत्रमा आउने उचको चाहना बाल्यकालदेखिकै हो। खासकरी मोडल बन्न उनले स्टूडियोमा एक फोटो खिचाएका थिए। त्यही फोटो देखाएर उनले विभिन्न एजेन्जीमा काम माग्थे। तर ती एजेन्सीले उनको फोटो देख्नेबित्तिकै रिजेक्ट गरिदिन्थे।
अक्षयकुमारले आफैं फारुख शेखको शो 'जीना इसीका नाम है' मा यो खुलासा गरेका थिए। उनले भनेका थिए, 'यो फोटोको कारण नै मलाई त्यो बेला कहीँ पनि काम मिलेन।'
जब उनले आफ्ना पितालाई हिरो बन्ने इच्छा जाहेर गरे उनले 'जीना इसी का नाम है' मा अक्षयका साथ उनकी बहिनी अलका पुगेकी थिइन्। त्यतिबेला अक्षयकुमार सात कक्षामा पढ्थे। अलकाका अनुसार जब सात कक्षामा उनको मार्क्स कम आएको थियो।

यही विषयलाई लिएर उनका पिता उनीसँग अलिअलि रिसाएका पनि थिए। नपढ्ने भए जिन्दगीमा के गर्ने त भनेर पिताले उनलाइ सोधेका थिए। पिताको यस्तो भनाईबाट अक्षयकुमार पुरै डराएको अलकाले बताएकी छन्। यसपछि उनले केही पनि बोल्न सकेनन्।
पिताले उनलाई के बन्ने भन्ने कुरा भन्न नसके लेखेर दिन भने। अनिमात्र अक्षयले हिरो बन्ने भन्ने कुरा लेखेर दिए। यसपछि पिताले उनलाई भने – यो उमेर हीरो बन्ने समय होइन। पैहिले पढ़लेख गर। हिन्दी, इंग्लिसमा केही त आउनुपर्छ हीरो बन्न पनि।
'जिना इसी का नाम हैं' का एक सदस्यले बताएका छन् कि जब अक्षयकुमार बसमा यात्रा गरिरहेका थिए उनले संजय दत्तको पोस्टर देखे। अनि भने, 'मैं एक दिन म पनि यो जस्तै हिरो बन्नेछु।'
अक्षयले सबैभन्दा पहिले प्रमोद चक्रवर्तीको फिल्म 'दिदार' (१९९२) मा साइन गरेका थिए।
तर राज शिप्पीको निर्देशनमा बनेको फिल्म 'सौगंध' पहिले रिलिज भएको थियो। उनको डेब्यू फिल्म पनि सौगंध नै मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।