काठमाडौं- नेपाली कांग्रेसको जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण डेनमार्कको राजधानी कोपनहेगनमा सुरु भएको छ।
नेपाली समय अनुसार शुक्रबार राति १०ः३० मा प्रारम्भ भएको प्रशिक्षण आइतबार सकिनेछ। नेपाली कांग्रेसको नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको नीति अनुरुप ३३ देशका जनसम्पर्क समितिका सदस्यहरु प्रशिक्षणमा सहभागी हुनेछन्।
प्रशिक्षणका लागि दुई दर्जन नेता कोपेनहेगन पुगेका छन्। प्रशिक्षणका लागि केन्द्रीय पदाधिकारीमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन्। नेताहरू डा मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर पनि उक्त टोलीमा छन्।
साथै, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेतृ प्रतिमा गौतम प्रशिक्षण कार्यक्रमका लागि डेनमार्क पुगेका छन्। प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य पनि सहभागी भएका छन्।
उपसभापति विमलेन्द्र निधिले उद्घाटन गरेको प्रशिक्षणमा 'ग्लोबल वार्मिङ : असर र जिम्मेवारी' विषयमा डिआइपिडीका पूर्व डाइरेक्टर विर्जोन फोर्ड, डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एसोसिएट प्राडा अमृत राई तथा आधुनिक कृषि प्रणालीबारे सुरज ढकालले कार्यपत्र प्रस्तुति गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।