काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्केपछि स्थगित गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। ३ बजेका लागि बोलाइएको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ।
दोहोरो भूमिका दिने/नदिने विषयमा मतैक्य हुन नसकेपछि यसअघिका बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको नामावली सार्वजनिक गर्न सकेको थिएन। साथै, बैठकमा विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारीको बाँडफाँटका विषयमा पनि छलफल हुनेछ।
पार्टी एकताको एक वर्ष कटिसक्दा पनि सत्तारुढ दल नेकपाले पार्टी एकीकरणलाई अन्तिम रुप दिन सकेको छैन। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।