पोखरा- गण्डकी प्रदेशसभाको आज एक बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
बैठकमा विनियोजन विधेयक माथिको छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि कार्यव्यवस्थापन समितिमा सत्तापक्ष र प्रतिपक्षी दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि असार ९ गते १२ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो।
सरकारले बिहीबार सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रम (रेड बुक) संवैधानिक प्रक्रियाभन्दा विपरीत भएकोले संसद् स्थगित गर्ने तयारी गरिएको प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले जानकारी दिए।
योजना नीति तथा कार्यक्रमसँग बाझिएको हुँदा सरकारले बजेट खर्च गर्न नसक्ने बताउँदै उनले त्रुटी नसच्याएसम्म सदन अवरुद्ध गर्ने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।