काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २२ गते आइतबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा असार २२ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका महासचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
बैठकका नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत 'नेपाली कांग्रेसको नियमावलि, २०७६' माथि छलफल हुने पौडेलले बताए। उनका अनुसार बैठकमा राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षासमेत गरिनेछ।
कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाको विधान तथा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।