काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान कर्मचारी तन्त्रलाई भत्काउनुपर्ने धारणा राखेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले वर्तमान कर्मचारीतन्त्रले बजेट कार्यान्वयन गर्नै नसक्ने दाबी गरे। उनले भने, ‘हालको कर्मचारीतन्त्रबाट विकास हुँदैन आँटै गरेर एक झड्कामा भत्काइदिनुपर्छ।’ निजामति कर्मचारीको कार्यशैलीप्रति असन्तुष्ट भट्टराईले कर्मचारीहरुमा कार्यान्वयन संयन्त्र भए पनि कार्यक्षमता नभएको उल्लेख गरे।
‘राणाकालदेखि चाकडीको आधारमा बनेको कर्मचारी तन्त्र छ, त्यो कुनै पनि हिसाबले विकासमुखी छैन। आँट गरेर यो कर्मचारी तन्त्र भत्काएर नयाँ बनाउनुपर्छ,’ उनले भने, ‘सोपान आधारमा बनेको कर्मचारीतन्त्रले फाइल धकेल्नै र हस्ताक्षर गर्नैमा छ महिना लगाउँछ।’
४६ प्रतिशत भएको विकास खर्च असारे विकासको लागि छरेर ९० प्रतिशतसम्म पुर्याउने कार्यमा पनि कर्मचारीको कार्यक्षमता दोषी रहेको उनले दाबी गरे। असारअघि ४६ प्रतिशत विकास खर्चलाई ९० प्रतिशत पुर्याउनु खाता मिलाउने प्रक्रिया मात्रै भएको उनको उनले जिकिर गरे।
तल्लो तहमा ७ हजार कार्यालय खुलेपछि संघका कर्मचारी कटौती नभएको प्रति उनको आपत्ति थियो। केन्द्र,प्रदेश र स्थानीय तहमा कर्मचरी बढ्दा आम जनतामा संघीयताले बोझ थपेको चिन्ता व्यक्त गर्दै भने, ‘कर्मचारी धेरै हुने रहेछन्। कर बढी उठाउनुपर्ने रहेछ, त्यसकारण संघीयता खराब छ भन्ने परेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।