धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब प्रतिपक्षी दलका सांसदले जलाएका छन्।
सरकारले ल्याएको बजेट र रेड बुक प्रदेशका जनताको हितमा नभएर सीमित व्यक्तिको फाइदा हुने गरी आएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राजपाले जलाएका हुन्।
प्रतिपक्षीले बजेट संशोधनको माग राखेर आज सदन पनि अवरुद्ध पारेका छन्। बजेट संशोधन नभएसम्म सदन चल्न नदिने कांग्रेस सांसद भरतबहादुर खड्काले बताए।
तर आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले भने बजेट सन्तुलित रहेको दाबी गरे। बजेट संशोधन हुन नसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।