काठमाडौं- कटरिना कैफले दुबई यात्राबाट फर्के लगत्तै आफ्नो 'लक्जरी कार कलेक्सन'मा एक नयाँ रेन्ज रोबर थपेकी छिन्। करिब ५० देखि ६५ लाख भारतीय रुपैयाँ (भारु) मूल्य रहेको विलासी कारका लागि रजिष्ट्रेसन समेत उनले गराएकी छिन्।
कतिपयले भने उक्त कार कटरिनालाई पूर्वप्रेमी सलमान खानले उपहार दिएको चर्चा समेत गरेका छन्। सलमानले पछिल्लो पटक ४ लक्जरी कार खरिद गरेका थिए। एक कारको मूल्य करिब ५० लाख भारु पर्छ। सलमानले ती कारहरु बहिनी अर्पिता र भाई अर्बाज खानका लागि उपहार दिएका थिए।
चौथो कार कैफकै लागि खरिद गरिएकाले उपहार दिइएको अनुमान गरिएकोे छ। कटरिनाले लक्जरी कार मध्येको टप मोडल चुनेकी थिइन्।

पछिल्ला दिनमा उनीहरु सँगै दुबई टुरमा गएका थिए। तर, मौसम खराब हुँदा घुम्न जाने कार्यक्रम रद्द भएको थियो। कटरीना कैफ फिल्म 'जिरो'पछि सलमान खानसँग गत इदमा रिलिज भएको फिल्म 'भारत'मा देखिएकी थिइन्। कटरिनाले सलमानसँगको फोटो पनि सेयर गरेकी थिइन्।
सलमान र कटरिना लामो समयसम्म प्रेम सम्बन्धमा रहेका थिए। उनीहरुको बीचमा सम्बन्ध टुटेको थियो। तर, उनीहरु साथीको रुपमा भने रहँदै आएका थिए। फ्यानहरुले भने यस जोडीलाई रुचाउँदै आएका छन्। खुसीको कुरा यो छ कि उनीहरु पछिल्ला केही फिल्महरुमा सँगै देखिदै आएका छन् र सफल पनि भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।