काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।
बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारको माग मनैदेखि स्वीकार गर्न नसकेको दाबी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए।
'सरकारले सडक र सदनको दबाब थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भएपनि त्यसलाई मनैदेखि स्वीकार गरेको छैन,' उनले दाबी गरे।
प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पद्मा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भन्नु आश्चाय भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।