• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छिमेकीकै घरमा शरण लिन बाध्य कैलालीका हुरीपीडित

प्रदेश सरकारले अझै दिएन घोषणा गरेको राहत रकम
64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  १४:००
1140x725

धनगढी- ‘भारतको कोठीमा भाँडा माझेर भर्खरै टाउको छोप्न टिनको छानो हालेर घर बनाएको थिए। बस्न नपाउँदै हावाहुरीले भत्कायोे। कमाएको पैसा यहि घर बनाउनमा खर्च भइसकेको थियो। अब यसलाई कसरी मर्मत गर्ने होला?’

धनगढी उपमहानगरपालिका-१४ कि मञ्जु परियारको गुनासो हो यो। गत जेठ २३ गते आएको विनासकारी हावाहुरीले ढलाएको घरको भग्नावशेष नजिकै भेटिएकी उनले नयाँ घर बनाउने अवस्था नरहेको बताइन्।

हावाहुरीबाट घरबारबिहीन भएपछि मन्जु अहिले छिमेकीको घरमा बस्दै आएकी छिन्। भनिन्, ‘वडा कार्यालयबाट एउटा त्रिपाल पाएँ। त्यसलाई कहाँ टाँगेर बस्ने?’

धनगढी उपमहानगरपालिका-१२ की धनादेवी नेपालीलाई पनि अहिले कसरी घर कसरी बनाउने होला भन्ने चिन्ता छ। ‘टाउको छोप्ने यो सानो घर हावाहुरीले भत्काइदियो,’ भत्केको घरतर्फ देखाउँदै धनादेवीले भनिन्, ‘सुरुमा हावाहुरीले छानो उडायो। त्यसपछि परेको पानीले घरमा भएको खाद्यान्न सबै रुझायो।’

धनाका श्रीमान् रोजगारीका सिलसिलामा अहिले भारतमा छन्। उनले तत्कालै घर फर्किने अवस्था नरहेको बताएका धना सुनाउँछिन्। घरमा दुई छोरी र एक छोरा भए पनि साना छन्। ‘छोराछोरी सानै छन्। म पनि अपाङ्ग छु। श्रीमान्‌को तलबले घरखर्च मात्र जेनतन धानेको छ। अब यो घर कसरी बनाउने हो, केही मेलोमेसो छैन।’

उनी अहिले पनि हावाहुरी आउँदाको त्यो दिन सम्झिँदा झस्किने गरेको बताउँछिन्। ‘खटियामुनि छोराछोरीलाई राखेर बाचेँ, त्यति ठूलो हुरी आउँदा आफू र छोराछीरीलाई कसरी सम्हाले हेक्का छैन। अहिले सम्झिँदा पनि बेलाबेला झस्किन्छु,' धनाले स्मरण गरिन्।

उनले हावाहुरी आएपछि बेघर बनेको तर अहिलेसम्म एउटा त्रिपाल र केही केजी खाद्यान्नबाहेक अरु केही नपाएको गुनासो गरिन्। ‘छोराछोरीको शरीरमा लगाउने कपडा छैन। घरमा खानालाई अन्नपात छैन,’ धना भन्छिन्, ‘वडा कार्यालयले एक त्रिपाल, ५ किलो दाल, ५ किलो चामल र १ लिटर तेल दिएका थिए। तर, त्यो त्रिपालले घरको छानो पुरै छोप्न सकेन। दिनभरि भत्किएको घरमा बस्छु। राति छिमेकीको घरमा सुत्न जाने गरेकी छु।’

धनगढी उपमहानगरपालिका-१० की एकल महिला अनारकली रानाको अवस्था पनि मञ्जु र धनाको भन्दा फरक छैन। ‘घरमा कमाउने कोही छैनन्। दुवै छोरा सानै छन्। म एकल महिलाले कसरी घर बनाउने?,’ अनारकलीले प्रश्न गरिन्। हावाहुरीले उनको घरमा पनि पूर्ण क्षतिग्रस्त भएको छ। उनी छोरासहित छिमेकीको घरमा बस्दै आएकी छिन्।

Ncell 2
Ncell 2

प्रशासनले त्रिपाल पठायो तर पीडितलाई बाँडिएन
जिल्ला प्रशासन कार्यालय, कैलाली र नेपाल रेडक्रस सोसाइटीले पीडितका लागि भन्दै १० नम्बर वडा कार्यालयलाई ७० थान त्रिपाल प्रदान गरिएको थियो। तर, ती त्रिपाल पनि पीडितसम्म पुग्न नसकेको पीडितहरुको गुनासो छ। वडा नम्बर १० की कल्पना पौडेलले भनिन्, ‘यस वडामा एक सय ४५ घरमा पूर्णरुपले क्षति पुगेको छ। ७० वटा त्रिपाल कसलाई दिने र कसलाई नदिने भनेर अहिलेसम्म वडा कार्यालयमै थन्किएको छ।’

‘वर्षायाम सुरु भइसकेको छ। यस वडाका धेरै घरका छत हावाहुरीले उडाएको छ। पानी परे खाद्यान्न तथा लत्ताकपडाको सुरक्षा गर्न समस्या हुनेछ,’ कल्पनाले थपिन्, 'उनले आफ्नै घर बनाउन नसक्ने पीडितहरुलाई सरकारले पूर्णरुपमा सहयोग गर्नुपर्छ।'

हावाहुरीका कारण धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की, भजनी र टीकापुर नगरपालिका, कैलारी, जोशीपुर, वर्दगोरिया र जानकी गाउँपालिका प्रभावित भएका थिए।

जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, कैलालीका अनुसार जिल्लाभर प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तहबाट ३ हजार ७ सय २६ त्रिपाल र १७ लाख ७६ हजार ५ सय रुपैयाँ वितरण गरिएको जनाइएको छ। त्यस्तै, रोटरी क्लब अफ नेपालबाट ६८ थान जस्तापाता र मर्सिकोर नेपालबाट ४ सेल्टर किट धनगढी उपमहानगरपालिकामा वितरण गरिएको जनाइएको छ।

पीडितहरुले तत्कालका लागि राहत दिएको जस्तो गरिए पनि वर्षा सुरु हुनै लाग्दा पीडितहरुको बसोबासलाई लिएर सम्बन्धित निकायले नसोचेको आरोप लगाएका छन्।  मञ्जु भन्छिन्, 'घर बनाउनेतर्फ कसैले केही गर्दैन/ भन्दैन। के हामी अरुकै घरमा बास खोज्नुपर्ने हो वर्षाभरि?' उनले अब सरोकारवाला निकायले आर्थिक अवस्था कमजोर भएका र असक्त तथा विपन्न परिवारका लागि घर बनाउनेतर्फ कदम चाल्नुपर्नेमा जोड दिइन्।

राहत घोषणा तर वितरण भएन
धनगढी उपमहानगरपालिकाको जेठ ३० गते बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको थियो। उपमहानगरपालिकाले हावाहुरीबाट घर पूर्णरुपमा क्षति भएक‍ा परिवारलाई ६ हजार, मध्यम क्षति भएकालाई ३ हजार, पशुपंक्षीमा भएको क्षतिवापत् ३ हजार र व्यवसायिक खेतीमा पुगेको क्षतिवापत् ३ हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो।

त्यस्तै, पूर्णरुपमा घरमा क्षति पुगेका परिवारका ९० दिनका सुत्केरी महिलालाई १ हजार ५ सय रुपैयाँसमेत सहयोग गरिनेसमेत निर्णयमा उल्लेख छ। उपमहानगरपालिकाले निर्णय गरेको ६ दिन पुग्दा समेत हावाहुरी पीडितसमक्ष सो राहत रकम पुग्न सकेको छैन।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले वडा कार्यालयमा विनासकारी हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेकोले राहत रकम वितरणमा ढिलाई भएको बताए। ‘वडा कार्यालयहरुबाट क्षतिको पूर्ण विवरण आई नसकेकोले राहत रकम बाँड्ने काम अघि बढेको छैन,’ उनले भने।

मुडभरीले क्षतिको विवरण थपिँदै गएको समेत जनाए।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकार गठन भएयता विपद्‌मा परी ज्यान गुमाएका परिवारलाई १ लाख ५० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने, कैलाली कञ्चनपुरमा आएको हावाहुरीका कारण घर पूर्णरुपमा क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने निर्णय गरेको थियो। प्रदेश सरकार गठन भएयता हावाहुरी, बाढी, चट्याङ, पहिरोलगायतका विपद्‌मा परी ३८ जनाको मृत्यु भएको जनाइएको छ।

प्रदेश सरकारले घोषणा गरेको राहत रकम पनि पीडितसमक्ष पुग्न सकेको छैन। प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले मन्त्रालयबाट ५ करोड रकम निकासाका लागि अनुरोध पठाइएको बताए। ‘अर्थ मन्त्रालयबाट रकम निकासा भएर आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २३ गतेको विनासकारी हावाहुरीबाट १ जनाको मृत्यु, एक जना मोटरसाइकल दुर्घटनाबाट मृत्यु र एक सय जना घाइते भएका थिए। हावाहुरीबाट घाइते भएका ५ जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कैलालीमा हावाहुरीले २ हजार २ सय १६ घरमा पूर्णरुपले क्षति पुगेको थियो। जिल्लामा ७ हजार ८ सय ४४ घरमा सामान्य क्षति भएको प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ।

४ स्थानीय तहले पीडितलाई दिए राहत रकम
कैलाली जिल्लाका ४ वटा स्थानीय तहले आफ्नै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका छन्।

जिल्लाको टीकापुर, भजनी, घोडाघोडी र गोदावरी नगरपालिकाले आफ्नै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका हुन्।

टीकापुर नगरपालिकाले हावाहुरीबाट ज्यान गुमाएका लहानु चौधरीकी श्रीमतीलाई ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको थियो। भजनी नगरपालिकाले पूर्णरुपमा क्षति भएकालाई ५ हजार र आशिंक क्षति भएका घरपरिवारलाई ४ हजारका दरले ५४ हजार राहत रकम ११ पीडित परिवारलाई उपलब्ध गराएको जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाले ९६ पीडित परिवारलाई ३ लाख ७४ हजार रुपैयाँ राहत रकम वितरण गरेको छ भने गोदावरी नगरपालिकाले ११ लाख ७३ हजार ५ सय रुपैयाँ राहत रकम आफ्नै श्रोतबाट उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

मृतक चौधरीका परिवारलाई जिप्रका र टिकापुर नगरको सहयोग
हानु चौधरीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय र टीकापुर नगरपालिकाले पनि राहत उपलब्ध गराएको छ।

टीकापुर नगरपालिकाले २५ हजार रुपैयाँ र जिल्ला प्रशासन कार्यालय कैलालीले १ लाख रुपैयाँ राहत रकम लहानुकी श्रीमतीलाई हस्तान्तरण गरेको जिल्ला आपत्तकालिन केन्द्रले जनाएको छ।

त्यस्तै, हावाहुरीकै कारण मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएका विरबहादुर चौधरीलाई विमा कम्पनिले ५० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको छ। आपत्तकालिन केन्द्रका अनुसार बाँकी ४ लाख ५० हजार रुपैयाँ लिने प्रक्रियामा रहेको जनाइएको छ।

हावाहुरीपीडितलाई गैर आवासिय नेपाली लगायतको सहयोग
हावाहुरी पीडितका लागि गैर आवासीय नेपाली संघ लगायतले ६ लाख ९ हजार रुपैयाँ राहत रकम सहयोग गरेका छन्।

धनगढी नगरस्तरीय विपद व्यवस्थापन समितिको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धनगढीमा रहेको खातामा गैर आवासीय नेपाली संघले ५ लाख रुपैयाँ जम्मा गराएको छ। त्यसैगरी, सिएक्स इन्डष्ट्रियल सर्भिसेज प्रालिले ५० हजार, सिसी इक्युपमेन्ट प्रालिले ५० हजार, अनुप पुडासैनीको नामबाट ९ हजार उपमहानगरपालिकाको खातामा जम्मा गरिएको छ।

गैर आवासिय नेपाली संघ (एनआरएन)का कोषाध्यक्ष हिक्मत थापाले जन्मभूमी विपद्‌मा परेका बेला सहयोग गर्न सवै गैर आवासीय नेपालीसँग अनुरोध गरे। कोषाध्यक्ष थापा कैलालीका बासिन्दा हुन्। उनी हाल नाइजेरियाको व्यापारिक समूह डोगांटे ग्रुपमा कार्यरत छन्। आफू नाइजेरिया भए पनि कैलाली र कञ्चनपुरमा हावाहुरीले ठूलो क्षति पुर्‍याएको सुनेर अत्यन्त दुःखी भएकोले विपत्तिको यो घडीमा सहयोगका लागि संघमार्फत ५ लाख रुपैयाँ पठाइएको थापाले बताए।

‘पहिलो चरणमा संघका तर्फबाट ५ लाख रुपैयाँ पठाएका छौ,’ थापाले भने, ‘थप रकम सहयोगका लागि पनि मैले प्रयत्न गर्नेछु।’

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले विपत्तिको घडीमा गैर आवासीय नेपाली संघका तर्फबाट सहयोग भएकोमा आभार व्यक्त गरे।

‘यो हाम्रा लागि ठूलो सहयोग हो,’ मेयर वडले भने, ‘रकमभन्दा पनि उदारता र सहयोग ठूलो कुरा हो। संघ लगायतबाट भएको यो सहयोग र उदारताको हामी उच्च प्रशंंसा गर्दछौं।’ (फाइल तस्बिर)

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्