काठमाडौं- क्रिसमसको अघिल्लो दिन मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय ४५ जना कारबाहीमा परेका छन्।
क्रिसमस इभका अवसरमा उपत्यकामा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङ गरेको थियो। सो क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन्। अघिल्लो दिनको तुलनामा यो संख्या निकै बढी हो। शनिबार मापसे गरेर सवारी चलाउने १ सय १६ जना मात्रै कारबाहीमा परेका थिए।
मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना हुन सक्ने भएकाले बिशेष चेकिङ सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आइतबार लेन अनुशासन उल्लंघन गर्ने १ सय ४४ जना पनि कारबाहीको भागीदार भएका छन्।
महाशाखाले उपत्यकाका मुख्य ३५ चोकमा मापसे चेकिङ सुरु गरेको थियो। सोमबार बेलुका पनि विशेष चेकिङ गर्न लागिएको छ। दरबारमार्ग, ठमेल, पुतलीसडक आसपासमा चेकिङ कडा बनाइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।