काठमाडौं– गुठी विधेयकको विरोधमा रहेका गुठी सम्बद्ध संघसंस्थाले आज माइतीघर मण्डलामा बृहत् खबरदारी सभाको आयोजना गरेका छन्।
‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ को चौतर्फी विरोध भएपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको थियो। विधेयक फिर्ता भएपछि पनि खबरदारीस्वरुप गुठीयारहरुले बृहत् सभा गर्दैछन्।
बैसाख १७ मा यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो। फिर्ता लिइए पनि पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका कायमै रहेको भन्दै आज खबरदारी गर्नुपरेको आयोजकको भनाइ छ।
उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित गुठीयारहरु माइतीघर आएका थिए। उनीहरुले ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका छन्।
त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट जुलुस निकालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।