काठमाडौं– आइतबारको क्रिसमस इभ र सोमबारको क्रिसमसमा उपत्यकामा ट्राफिक प्रहरीले बिशेष चेकिङ गर्ने भएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने लक्षित गरी ट्राफिक प्रहरीले बिशेष चेकिङ सुरु गरेको हो। मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना हुनसक्ने भएकाले बिशेष चेकिङ सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाले उपत्यकामा मुखय ३५ चोकमा मापसे चेकिङ सुरु गरेको छ । सोमबार बिहानैसम्म मापसे चेकिङ गर्ने ट्राफिक महाशाखाको योजना छ। त्यस्तै सोमबार बेलुका पनि बिशेष चेकिङ गर्न लागिएको छ । दरबारमार्ग, ठमेल, पुतलीसडक आसपासमा चेकिङ कडा बनाइको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा आइतबार र सोमबार प्रहरीले बिशेष सुरक्षा योजना लागू गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।