काठमाडौं– योगेश काजी र योङ्ग मिनिस्टरले देशको वर्तमान अवस्थामाथिको युवानजर गीतमार्फत् प्रस्तुत गरेका छन्। ‘जन आक्रोश’ नामक उक्त गीतमा योङ्ग मिनिस्टरको शब्द र योगशको सङ्गीत रहेको छ।
विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन । गीतमा देशको वर्तमान अव्यवस्थालाई लिएर युवामा बढ्दो आक्रोश प्रस्तुत गरिएको छ । आफूले देशको वर्तमान अवस्थालाई आफ्नो पुस्ताले महशुस गरेको कुरा गीतबाट प्रस्तुत गरेको बताए। उनले भने, ‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौं । देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो।’
योगेशको यसअघि ‘एसेलुको पात...’ बजारमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।