काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मानमर्दन हुने गरी फेसबुकमा गाली गर्ने नेविसंघका नेता विवेक बाँनिया धरौटीमा छुटेका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
राष्ट्रपतिलाई अमार्यादित शब्द प्रयोग गरी गाली गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई गत मंसिर २८ गते पक्राउ गरेको थियो। बिद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाइएकोमा उनी धरौटीमा छुटेका हुन्। त्रिचन्द्र क्याम्पसका नेविसंघ नेता बाँनियाले गत असारमा राष्ट्रपतिलाई गाली गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।