काठमाडौं– सशस्त्र प्रहरी बल गोताखोर तालिम प्राप्त गरी दुर्घटना तथा विपद्मको बेला उद्धारमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।
विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औं स्थापना दिवसको अवसर पारेर एपीएफका गोताखोरहरुको निःशुल्क विमा गरेको हो।
आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा उक्त इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले गोताखोरहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद व्यवस्थापन लगायत प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगबाट पूरागर्न अनवरत रुपमा क्रियाशिल रहेको चर्चा गर्नुहँुदै विपद व्यवस्थापनको कार्यलाई दिर्घकालीन योजनाका साथ चरणबद्ध रुपमा अगाडि बढाउँदै आएको उल्लेख गरे ।
सो कम्पनीले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको लागि प्रति व्यक्ति दुई लाख रुपैयाँको दरले निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।