• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमणका शृंखला

पीडित भन्छन्- बाइकमा आएर झ्याम्मै पेटमा हान्यो
64x64
नेपाल लाइभ मंगलबार, असार ३, २०७६  २०:०६
1140x725

प्रतीकात्मक तस्बिर


काठमाडौं- राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ।

सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस-बी, हेपाटाइटिस 'सी'लगायतका रोगको संक्रमण हुन सक्ने भएकाले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका छन्।

अस्पतालले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइदिएको छ।

अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार अस्पतालमा उस्तै प्रकृतिका आक्रमणमा परेका ४ युवती उपचारका लागि आएका छन्। ‘आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको छ,’ उनले भने, ‘ठ्याक्कै सिरिन्ज हो/होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ।’

अस्पतालमा उपचार गर्न आएका युवतीहरुसँग डा बस्तोलाले गरेको कुराकानीअनुसार मोटरसाइकलमा आएका युवाले आक्रमण गरेका छन्। ‘उहाँहरु सबैलाई एकैखालको आक्रमण भएको देखिन्छ,’ उनले भने, ‘सुरुमा एउटा मात्र केस आउँदा सामान्य लागेको थियो। तर, लगातार ४ वटा आएपछि यो घटनामा केही रहस्य छ जस्तो लागेको छ।’

सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भएको थाहा पाउन ३ महिना लाग्ने उनले जानकारी दिए। ‘आक्रमण लगत्तै एचआइभी, हेपाटाइटिसजस्ता संक्रमणका बारेमा थाहा पाउन सकिँदैन,’ उनले भने, ‘त्यसकारण हामीले उहाँहरुलाई संक्रमणबाट जोगाउने खोप र उपचार प्रक्रिया अगाडि बढाएका छौं।’

युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ। प्रहरीले पनि यो विषयमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीका अनुसार हालसम्म ३ जना युवतीमाथि सिरिन्ज आक्रमण भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘ढल्कु र पकनाजोलमा ३ जना युवतीमा आक्रमण भएको खबर आएको छ,’ उनले भने, ‘यो विषयमा हामीले आवश्यक अनुसन्धान अगाडि बढाइसकेका छौं।’

आक्रमणकारीले युवतीमाथि आक्रमण गरेपछि चोरी तथा अन्य कुनै दुःख नदिएका कारण किन आक्रमण गरिरहेका छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। उनले एसिड आक्रमणजस्तै यो आक्रमण पनि बदलाका लागि लिएको हो वा अन्य केही कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

चिकित्सकले भने घटनाको प्रकृति हेर्दा आक्रमणकारीले युवतीहरुमा रोग सार्ने नियत राखेका वा ‍आफैँ मानसिक समस्या भएको बिरामी हुनसक्ने अनुमान गरेका छन्।

आक्रमणमा परेकी एक युवतीको यस्तो छ भनाइ 
म २३ वर्षकी भएँ। ‍मलाई गत जेठ १८ गते शनिबार आक्रमण भएको हो। त्यो दिन राती म १० बजेतिर कुकुरलाई शौच गराउन बाहिर निस्केकी थिएँ। घरबाट केही पर पुगेकी थिएँ। फर्कने क्रममा त्यस्तै १० बजेर २० मिनेट जति भएको थियो होला। मोटरसाइकलमा आएको व्यक्तिले एक्कासी मेरो पेटमा तिखो सुइले हान्यो। मेरो पेटको बायाँपट्टी सियोजस्तो तिखो वस्तुले खोपेर भाग्यो। मलाई असाध्यै दुख्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मलाई झ्याम्म हानेर भाग्ने त्यो व्यक्तिको अनुहार मैले देख्न सकिनँ। मोटरसाइकलको नम्बर प्लेट पनि याद गर्न सकिनँ। म एकदमै डराएकी थिएँ। फेरि आक्रमण हुने डरले म हतपत्त घरभित्र छिरेँ। 

मैले श्रीमानलाई घटनाबारे बताएँ। त्यतिबेलासम्म मलाई त्यति दुखेको महसुस भएको थिएन। तर पछि राती एक्कासी दुखेको महसुस भयो। दुखाई झन् बढ्दै गयो। घोपेको ठाँउमा सानो प्वाल भएको देखियो। रातोरातो समेत भइसकेको रहेछ। बिहान ४ बजे शौचालय जाँदा अत्यधिक दुखेको महसुस भयो। बिहान ८ बजेतिर त दुखाइ सहनै नसक्ने भयो।

त्यसपछि हामी क्षेत्रपाटीको अस्पतालमा जाँचका लागि गयौँ। त्यहाँबाट टेकु अस्पतालमा आएकी हुँ। यहाँ आउँदा त अरु युवतीमाथि पनि आक्रमण भएको जानकारी पाएँ। अहिले मलाई केही औषधि दिनुभएको छ। अहिले त साँझ हुने बित्तिकै डर लाग्छ। हाम्रो कोहीसँग दुस्मनी पनि छैन। तर पनि किन आक्रमण गरेर दुःख दिएको होला!

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
मोरङमा जंगलभित्र महिलाको शव फेला
सम्बन्धित सामग्री
को हुन् ? के गरे ? किन मनाइन्छ फाल्गुनन्द जयन्ती ? महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको... बुधबार, कात्तिक २५, २०८३
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास भोजनलिपि अभियानले सेलरोटीलाई प्रतियोगितामा सीमित नराखी यसको बनाउने विधि, सामग्री, स्वाद र सांस्कृतिक महत्त्वको अध्ययन तथा अभिलेखीकरण... बुधबार, कात्तिक २५, २०८३
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
एनपीएलमा आज दुई खेल, काे काे भिड्दै छन् ? शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
यात्रुवाहक बस ठोक्किँदा २० जना घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्