काठमाडौं– इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ।
एक महिनाअघि सरकारले क्रिसमस, तथा पृथ्वीनारायण जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गत वर्ष क्रिसमसमा इसाई धमावलम्बीहरुलाई मात्र सार्वजनिक बिदा दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।