काठमाडौं- बोल माया, गलबन्दी, लगायतका गीतहरु सुपरहिट भएसँगै मोडल अञ्जली अधिकारीले अभिनय गरेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ।
'छाता छुट्ने गर्छ' बोलको गीतमा उनले अभिनय गरेकी हुन्।
भीम श्रेष्ठको समधुर स्वरमा सजिएको रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द शृजना समावेश छन्।
झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत रहेको छ।
सैलेन्द्रमान प्रधानको एरेन्ज रहेको गीतमा सुन्दरी अञ्जलीलाई प्रदीप लामाले अभिनयमा साथ दिएका छन्।
भिडियोमा अञ्जली र प्रदीप प्रेममा हराएको देख्न सकिन्छ।
यस्तै प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन र निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।