• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोशीटप्पुका हात्तीले सताइएका गाउँलेको गुनासो– थालभाँडा ठटाएर कहिलेसम्म बस्ने?

64x64
नेपाल लाइभ आइतबार, पुस ९, २०७४  १२:४२
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका र आसपासका क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दो छ। कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले घरगोठ भत्काउने, पशुचौपाया मार्ने र बालीनाली नष्ट गर्न थालेपछि स्थानीयहरु आजित भएका छन्।

शनिबार राति मात्रै हात्तीको एक समूहले सप्तकोशी नगरपालिका १ निवासी तुलाराम लुइँटेलको घर भत्काएको छ। यस्तै, रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समूहको नर्सरी नष्ट गरेको समूहका अध्यक्ष गुणराज कोइरालाले जनाए। लुइँटेलको घर र नर्सरी गरी करिब २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उनले जानकारी दिए।

हात्तीले क्षति पुर्‍याएको रक्तमाला नमूना सामुदायिक वनको नर्सरी


विगत १५ दिनभित्र हात्तीको समूहले सप्तकोशी नगरपालिका क्षेत्रका ओद्राहा, वोचही, वनिगामा, कमलपुर, मंगल हटिया लगायतका क्षेत्रमा २ दर्जनभन्दा बढी घर भत्काएर करिब १५ देखि २० लाख मूल्य बराबरको क्षति गरेको नगरपालिकाका मेयर उत्तमकुमार शर्मा (गौतम) बताउँछन्। पीडितहरुले क्षतिपूर्तिका लागि दैनिक निवेदन दिन थालेको उनले जनाए।

हात्तीले दुःख दिन थालेपछि यस क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न वाध्य छन्। जाग्राम बस्नु र थाल–भाँडा ठटाएर हात्तीलाई तितरवितर गर्नु गाउँलेको नियति कार्य नै भएको सप्तकोशी नगरपालिका १ का वडाध्यक्ष नारायण आचार्यले बताए।

हनुमाननगरमा छिरेको हात्ती

Ncell 2
Ncell 2
nimb
nimb

‘नियमीत जस्तै हात्तीले दुःख दिन्छन्,’ फत्तेपुरका दुर्गा विष्टले भने, ‘रातको समयमा आफू त भागौँला केटाकेटी र बुढाबुढी अकालमा मर्लान् भन्ने चिन्ता छ।’

हात्तीले घर भत्काउने र क्षति गर्ने मात्र होइन सप्तरीमा मान्छे नै मारेका घटना समेत प्रसस्तै छन्। सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा गत मंसिर १३ मा जंगली हात्तीको आक्रमणबाट ७० वर्षीया फूलवादेवी यादवको ज्यान गयो। 

‘हात्तीको रुपमा अगाडि काल देखेकी फुलवाले बाँच्न अथक प्रयास गरिन्, आफन्त, गाउँले छरछिमेकी सबैलाई गुहार मागिन्,’ स्थानीय निवासी राजु शर्मा भन्छन्, ‘तर, उनको गुहार सुनेर हात्तीको आगाडि पर्ने हिम्मत कसैले गरेन, न त हात्तीले नै उनको पुकारा सुनेर फर्कियो। घटनास्थलमै उनले ज्यान गुमाइन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी फुलवादेवी यादव


यसैगरी, २०७३ चैत २२ मा हनुमाननगरमा हात्तीले आक्रमण गर्यो। दिउँसै बजार पसेको हात्तीले खेदी–खेदी ७ जनालाई घाइते बनायो। उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएका सञ्जीव साह, नविना खातुन, सञ्जय साफी, कालिचरण साह, मोहम्मद इस्ताख, रोसनकुमार झा र वसन्त मण्डलमध्ये रोशन र सञ्जयको उपचारकै क्रममा मृत्यु भयो। 

२०७३ पुस १० मा भारदहका रघुनाथ खंग, कात्तिक २५ मा वैरवाका अल्लाउद्दिन खाँ र २०७२ असार ३० मा कमलपुरकी संगीता यादवले हात्तीकै आक्रमणमा परेर ज्यान गुमाए। 

यस क्षेत्रका लागि हात्ती आतंक नौलो विषय होइन। तर, यही समस्यालाई चुनावी मुद्दा बनाएर धेरै राजनीतिक दलका उम्मेदवारले चुनाव जितिसके। 

हात्तीले नष्ट गरेको धान भकारी


‘जंगली जनारबाट सुरक्षा दिन्छौं भन्दै भोट माग्छन्, तर जितिसकेपछि फर्केर आउँदैनन्,’ फत्तेपुरका दुर्गा विष्टले व्यंग गर्दै भने, ‘नेताका प्रतिबद्धता त पानीका फोकाजस्तै भए। चुनावको बेला उठ्ने, मतपरिणाम आएपछि फुट्ने।’

यस्तै गुनासो भारदहका राजु शर्माको पनि छ। ‘पोहोर साल मध्यान्नमै बजारमा पसेको हात्तीको आक्रमणबाट दुई युवकले ज्यान गुमाए,’ उनले भने, ‘तर अहिले पनि यो समस्या ज्युँका त्युँ छ। जंगली हात्तीलाई गाउँ पस्नबाट नियन्त्रण गर्ने भन्ने प्रतिबद्धता भाषणमा मात्र सीमित भए। नियन्त्रणका लागि कुनै पहल भएनन्।’

हात्तीले भत्काएको घर


कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वि भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, वरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।

प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्