काठमाडौं– धुम्बाराहीको चप्पल कारखानाचोक नजिक शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । बा.४ ख ६२७० नम्वरको टिपरले बा.३४ प ४२८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार गोरखाको फुजेल घर भई बालाजु बस्ने २५ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकल चालक उदयपुरको गाईघाट नगरपालिका–११ घर भई बालाजु बस्ने १९ बर्षीय निरज राउत घाइते भएका छन्। टिपर र चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।