• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

'हाई भोल्टेज' प्रतिस्पर्धा : विश्वकपका ती ७ खेल, जहाँ भारतसामु पाकिस्तानले सधैं घुँडा टेक्यो

64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  १३:१७
1140x725

काठमाडौं- भनिन्छ भारत र पाकिस्तानबीच हुने हरेक क्रिकेट म्याचको रोमाञ्चकता पहिलो बलबाटै सरु हुन्छ।

राजनीतिक रुपमा सम्बन्ध राम्रो नरहेका यी दुवै देशबीच हुने क्रिकेट खेललाई प्रतिष्ठा र एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण कडीको रुपमासमेत हेर्ने गरिन्छ। पछिल्लो समय यी दुवै देशबीचमा राजनीतिक रुपमा दूरी बढिरहेको अवस्थामा आइतबारको खेल विश्वभर सबैको चासोको विषय बनेको थियो।

हाई भोल्टेज प्रतिष्पर्धा मानिने यी दुई देशबीचको क्रिकेट खेलको विश्वकप यात्रामा पाकिस्तान हालसम्म निरीह देखिँदै आएको छ। तर, यसबाहेक भएका एकदिवशीय खेलमा भने पाकिस्तान भारतभन्दा अघि छ।

१९७८ मा भारत र पाकिस्तानबीच पहिलो एकदिवशीय क्रिकेट खेल भएपछि आजसम्म यी दुवै टोली १ सय ३१ पटक आमनेसामने भएका छन्। जसमा पाकिस्तानले ७३ पटक जितको डंका बजाएको छ भने भारत ५४ पटक मात्रै विजयी भएको छ। यी दुई बीच खेलिएका ४ म्याच बराबरीमा टुंगिएका छन्।

 तर, पछिल्लो समय भने भारतले आफ्नो जितको आँकडामा सुधार गर्दै लगेको छ। यी दुई बीच खेलिएका पछिल्ला ३० खेलमध्ये भारत १९ खेलमा विजयी भएको छ।

उता भारत‍को विश्वकप सहभगितामा नजर लगाउने हो भने विश्वकपको ४४ वर्ष लामो इतिहासमा उसले ७७ खेल खेलिसकेको छ। जसमध्ये ४८ खेलमा भारत विपक्षीसँग हावी भएको छ। पाकिस्तानतर्फको आँकडा भने केही कमजोर देखिन्छ। पाकिस्तानले विश्वकपमा खेलिएका ७४ खेलमा ४१ मा मात्रै जित हात पारेको छ।

भारत-पाकिस्तानबीच भएका विश्वकप प्रतिस्पधाहरुको चर्चा गर्दा सन् १९९२ को विश्वकपमा पहिलो पटक भारत र पाकिस्तान आमनसामने भएका थिए। १९७५ मै विश्वकप सुरु भए पनि सन् १९८७ सम्म भने यी दुई टोलीबीच विश्वकपमा कुनै खेल भएको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

१९९९२, सिड्नी क्रिकेट ग्राउन्ड, अष्ट्रेलिया

अष्ट्रेलियामा भएको १९९२ को विश्वकपमा पहिलो जित निकालेको भारतले २७ वर्षसम्म पनि पछाडि फर्केर हेर्नु परेको छैन।

विश्पकप सुरु भएको १७ वर्षपछि मात्रै पाँचौें संस्करणमा आएर मात्रै यी दुवै टोली आमनेसामने भएका थिए। यस प्रतियोगितामा ३ खेलमा हार बेहोरेपछि भारत पाकिस्तानसामू उत्रिएको थियो। उता पाकिस्तानले भने ३ खेलमा १ जित हात पारिसकेको थियो भने उ दोस्रो जितको खोजीमा थियो। तर, पाकिस्तानका लागि नतिजा सुखद रहेन।

भारतीय विकेटकिपर किरण मोरेका अघि खुसी मनाउँदै पाकिस्तानी ब्याट्सम्यान आमिर सोहेल।

सचिन तेन्दुलकर(५४ रन) र अजय जडेजा (४६ रन) को उत्कृष्ट ब्याटिङको मदतमा भारतले पाकिस्तानलाई २ सर १७ रनको लक्ष दिएको थियो। यसमा कप्तान मोहम्मद अजरुद्दिनको ३२ र कपिल देवको ३५ रनको समेत योगदान थियो।

तर, विकेट लगातार गुमाएको पाकिस्तानको पारी १ सय ७३ रनमा खुम्चियो। आमिर सोहेलले ६२ र जावेद मियाँदादले सुस्त गतिमा बनाएको ४० रनले पनि पाकिस्तानलाई उद्दार गर्न सकेन।

पाकिस्तानले त्यसपछिको प्रतिस्पर्धामा दक्षिण अफ्रिकासँग हार बेहोरे पनि अष्ट्रेलिया, श्रीलंका र न्युजिल्यान्डलाई हराएर चौथो पटक विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको थियो। न्युजिल्यान्डलाई सेमिफाइनल र इंग्ल्यान्डलाई फाइनलमा पाखा लगाउँदै पाकिस्तानले पहिलो पटक उपाधि चुमेको थियो।

कुनै पनि एसियाली देशले विश्वकपको उपाधि हात पारेको यो दोस्रो पटक थियो। यसअघि भारतले कपिल देवको कप्तानीमा सन् १९८३ मा विश्वकप जितेको थियो।

१६ वर्षको उमेरमै १९८९ मा पाकिस्तानसँगै खेलेर एकदिवशीयमा डेब्यू गरेका सचिनका लागि यो पहिलो विश्वकप सहभागिता थियो। भेट्रान खेलाडीको बीचमा एक किशोरावास्थामै राष्ट्रिय टोलीमा परेका सचिनलाई आफूलाई प्रमाणित गर्नु चानेचुने कुरा थिएन। डेब्यु खेलमै उत्कृष्ट ब्याटिङ गरेका छोटो कदका सचिनले यस खेलमा पनि सोही लय समाते।

तत्कालीन समयमा विश्वव्यापी रुपमा निक्कै कसिलो बलिङ लाइनअप मानिने पाकिस्तानी तीब्र गतिका बलरहरुको बाउन्सी र योर्करको उनले डटेर सामना गरेका थिए। यसले गर्दा पनि उनी सबैको आँखामा पर्न सफल भए।

१९९६ एम चिन्नास्वामी स्टेडियम, भारत

१९९६ मा भारतले घरेलु मैदानमै पाकिस्तानमाथि ३९ रनको जित निकालेको थियो।

चिन्नास्वामी स्टेडियममा भएको यस खेलमा भारतका नवोजित सिंह सिद्दुको ९३ रन र अजय जडेजाको विष्फोटक २५ बलमा ४५ रनको पारी धेरैले सम्झने गर्दछन्। जडेजाले इन सुइङ योर्करका महारथी मानिने पाकिस्तानका तीब्र गतिका बलर वकार युनुसका अन्तिम २ ओभरमा १८ र २२ रन जोड्नै भारतलाई बलियो योगफलको दिशामा अघि बढाएका थिए।

 यस खेलमा पाकिस्तानका आमिर सोहेलले शानदार ब्यटिङ गरे पनि पाकिस्तानको जितका लागि त्यो पर्याप्त बनेन। भारतीय बलर वेंकटेश प्रसादको बलमा छक्का हानेपछि आमिर र उनीबीच मैदानमै विवाद भएको थियो। तर, वेंकटेशले अर्को बलमै आमिरलाई बोल्ड गर्दै पेवेलियनको बाटो देखाएका थिए।

पाकिस्तानका मिडिल अर्डरका ब्याट्सम्यान जावेद मियाँदाद र सलिम मलिकले उम्दा पारी खेले पनि भारतीय स्पिन बलरहरु अनिल कुम्बले र वैंकटपति राजूका अघि पाकिस्तानको पारी लामो समय टिक्न सकेन। भारतले दिएको २ सय ८७ रनको लक्ष भेटाउन पाकिस्तान ३९ रनले पछाडि रह्यो।

१९९९, ओल्ड वर्ल्ड ट्राफोड, इंग्ल्यान्ड

१९९९ मा इंग्ल्यान्डको वर्ल्ड ट्राफोडमा भएको खेलमा भारत ४७ रनले विजयी भएको थियो।

२ सय २८ रनको सामान्य लक्ष पछ्याएको पाकिस्तान १ सय ८० रनमै समेटिएको थियो। यस खेलमा भारतका वैंकटेस प्रसादले ५ तथा जवागल श्रीनाथले ३ विकेट लिँदै भारतको जित सुनिश्चित गरेका थिए।

यो खेल पाकिस्तानले गुमाए पनि वेस्टइन्डिज र अष्ट्रेलियालाई उसले यसअघि नै पराजित गरिसकेको थियो। १९९२ जस्तै सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई नै पाखा लगायो।

तर, एकपछि अर्को विश्वकपको फाइनलमा स्थानमा सुरक्षित गरेको पाकिस्तानका लागि भने यसपटक उपाधि एक कदम पछाडि नै रह्यो। फाइनल खेल अष्ट्रेलियाको पक्षमा गएको थियो।

२००३, सेन्चुरियन, दक्षिण अफ्रिका

सन् २००३ मा भारत र पाकिस्तानबीच दक्षिण अफ्रिकाको सेन्चुरियनमा अर्को खेल भयो। सइद अनवरको १ सय १ रनको मदतमा पाकिस्तानले भारतलाई २ सय ७४ रनको बलियो लक्ष दियो। तर, सचिन तेन्दुलकर(९८), युवराज सिंह(५०) र राहुल द्रविड(अविजित ४४ रन)को सुझबुझपूर्ण ब्याटिङले भारतलाई जितको स्वाद चखाएको थियो।

यो विश्वकपको केन्द्रमा भारतका स्टार ब्यट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानका तीब्र गतिका बलर सोयब अख्तर थिए।

तर, सचिनले सोयबको बलमा पटक-पटक चौका प्रहार गरेर आफू जस्तोसुकै तीब्र गतिको बलमा पनि खेल्न सक्ने दाबेदारी प्रस्तुत गरेका थिए। सचिनले आफ्नो पारीमा ७५ बल खेल्दै १२ चौका र १ छक्काको मदतमा ९८ रन जोडेका थिए।

खेलको उत्तरार्द्धमा राहुल द्रविड र युवराज सिंहले शतकीय साझेदारी गर्दै २६ खेल्नु अगावै जितको झन्डा गाडेका थिए।

सचिनले सन् २०११ को विश्वकपको उपाधि उचालेपछि सन्यास लिए। सन्यासपछि उनले यसै खेललाई आफ्नो विश्वकपकै सबैभन्दा उत्कृष्ट खेल भनेका थिए। सन् १९८३ पछि भारतले पहिलो पटक यसै विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, उपाधि जित्न उसका लागि अष्ट्रेलिया बाधक बनेको थियो।

२०११, मोहाली, भारत

भारत र पाकिस्तानबीच विश्वकपअन्तर्गत पाँचौं खेल २०११ मा भयो। भारतको मोहालीमा भएको यस भिडन्तमा पनि पाकिस्तानले उस्तै नतिजा दोहोर्‍यायो। अघिल्लो खेल जस्तै यस खेलमा पनि सचिन नायक बने।

सचिनको ८५ रनको मदतमा भारतले दिएको २ सय ६१ रनको लक्ष पछ्याएको पाकिस्तान २ सय ३१ रनमै समेटियो। अन्तिम विश्वकप खेलिरहेका पाकिस्तानका कप्तान मिसबाह उलहकले ५६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेनन्।

यस खेलमा भारतका सबै ५ बलरहरु(जाहिर खान, आशिष नेहरा, मुनाफ पटेल, हरभजन सिंह र युवराज सिंह)ले समान २/२ विकेट हात पारेका थिए। यस संस्करणमा उत्कृष्ट खेल खेलेको भारतले २८ वर्षपछि विश्वकप उपाधि जितेको थियो।

यो विश्वकपभरि सचिनले उत्कृष्ट ब्याटिङ गरे। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतीय टोलीले यो विश्वकप उपाधि सचिनलाई नै समर्पण गरेको थियो।

आफ्नो छैटौं र अन्तिम विश्वकप खेलिरहेका सचिनलाई भारतलाई उपाधि जिताउनु एक मात्र लक्ष थियो। सचिनले यस विश्वकपमा बनाएको ४ सय ८२ रन यस प्रतियोगिताभर कुनै पनि भारतीय खेलाडीले बनाएको उच्च व्यक्तिगत स्कोर थियो।

भारत, बंगलादेश र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेको यस प्रतियोगितामा श्रीलंकाका ब्याट्सम्यान तिलकरत्ने दिलसानले सर्वाधिक रन बनाएका थिए।

२०१५, एडिलेड ओवल, अष्ट्रेलिया

पाकिस्तानको हारको शृंखला सन् २०१५ को विश्वकपमा समेत रोकिएन। म्यान अफ दि म्याच विराट कोहलीको शतकीय पारी (१ सय ७ रन) को मदतमा भारतले पाकिस्तानलाई ३ सय १ रनको बलियो लक्ष पेस गरेको थियो। भारतको उच्च योगफलमा सुरेश रैना (७४) र शिखर धवन (७३) को अर्धशतकीय पारीको समेत महत्वपूर्ण योगदान रहेको थियो।

भारत पहिलो पटक यसै विश्वकपमा पाकिस्तानविरुद्ध ३ सय रनको योगफल बनाउन सफल भयो।

मोहम्मद सामी र मोहित शर्माले सटिक बलिङ गरेपछि पाकिस्तानले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। २ सय २४ रनमै पाकिस्तान समेटिएपछि विश्वकपमा पाकिस्तानविरुद्ध रनको आधारमा सबैभन्दा फराकिलो जित हात पार्‍यो भारतले। भारतले ७६ रनको जित निकाल्दै विश्वकपमा पाकिस्तानविरुद्ध खेलेका सबै खेलमा जितको आँकडा ६-० ले आफ्नो पक्षमा पार्न सफल रह्यो।

भारतले आफ्नो सातौं विश्वकप प्रतिस्पर्धामा पाकिस्तानको आइतबार सामना गर्‍यो। पाकिस्तानले यसपटक भारतलाई चुनौती दिनसक्ने आँकलन गरिएता पनि त्यो सत्य सिद्ध हुन सकेन। धारिलो मानिने पाकिस्तानी बलिङ लाइनअप यसपटक पनि भारतका ब्याट्सम्यानअघि बोधो सावित भयो।

डक वर्थ लुइस पद्धतिबाट ८९ रनले जीत हात पारेको भारतको विश्वकपमा पाकिस्तानविरुद्ध यो नै सार्वाधिक रन अन्तरको जित हो। आइतबार भएको भारत-पाकिस्तान बीचको खेलबारे यहाँ चर्चा गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १३:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्