कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका ४ निमुवाबोझी चोक नजिक ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।
शनिबार बिहान करिब सवा ४ बजे दाङबाट धनगढीतर्फ आइरहेको सिमेन्ट बोकेको ना ६ ख १९९० नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक दाङ निवासी ४० वर्षीय हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
सहचालक अनिल चौधरी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। घाइते चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए। प्रहरीले बिहान अँध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।