तनहुँ– पृथ्वी राजमार्गको दमौली-कोत्रे सडकखण्डमा पर्ने शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जा घर भई शुक्लागण्डकी नगरपालिका–५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए।
ठक्करबाट गम्भीर घाइते भएका ठकुरीलाई दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो। उपचारकै क्रममा राति साढे २ बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
पोखराबाट दमौली आउँदै गरेको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।