कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका क्षेत्रका १०९ हात्तीपीडितलाई नगरपालिका कार्यालयले रु २ लाख १८ हजार राहत रकम प्रदान गरेको छ।
हात्तीको बथानले घर भत्काई अन्नबाली खाएका तथा खेतमा रहेको अन्नबाली, उखु लगायत खाएर नोक्सानी गरेका परिवारलाई रु २ हजारका दरले शुक्रबार नगद रकम उपलब्ध गराइएको हो। नगरपालिकाका वडा नं १, ३, ५, ६, ७ का पीडित परिवारलाई खाद्यबालीको बीउ खरिद गर्नका लागि रकम उपलब्ध गराइएको नगर प्रमुख दिलबहादुर ऐरले बताए।
घरभित्र राखेको सबै अन्न हात्तीको बथानले खाएपछि खेतमा गहुँ, मसुर र मटर लगायतका बालीको बीउ खरिदका लागि पीडित परिवारलाई रकम उपलब्ध गराएको उनले जानकारी दिए।
हात्ती पीडित परिवारलाई बीउ खरिदका लागि जिल्लामै पहिलो पटक नगरपालिकाले रकम उपलब्ध गराएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।