कैलाली– बझाङ जिल्लाको छबीस पाथीभेरा गाउ“पालिका वडा नम्बर १ को भा“डेबगर भन्ने ठाउ“बाट प्रहरीले ४५ किलो लागूऔषध चरेससहित आइतबार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट ४७ हजार रुपैया“ पनि बरामद गरेको छ।
क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त टोलीले सुर्मा गाउ“पालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय गिठे बोहरा र २८ वर्षीय दिपक बोहरालाई चरेससहित पक्राउ गरेको बझाङका नायव प्रहरी उपरीक्षक ऋषीराम कडेलले बताए।
उनीहरू दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ । प्रहरी नायव उपरीक्षक क“डेलले उनीहरूमाथि लागू औषधसम्बन्धी मुद्दा दायर गरी कारवाही अघि बढाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।