• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

फरक क्षमताका डाक्टर, फरक विषयमै विशेषज्ञता

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  ०५:०१
1140x725

स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, साँगा। जहाँ स्पाइनल इन्जुरी भएका बिरामीको उपचार हुन्छ र उनीहरुलाई सामाजिक जीवनमा पुनर्स्थापना गर्ने प्रयास गरिन्छ। उक्त पुनर्स्थापना केन्द्रमा धेरै बिरामीले ह्विलचियर वा वैशाखीको सहारामा आफूलाई शारिरीक रुपमा गतिशील बनाइरहेको भेटिन्छन्। 

र, सँगै देखिन्छन् ह्विलचियर जस्तै तर आफैं गुड्न सक्ने चार पाङ्ग्रेमा एक जना सेतो कोटधारी व्यक्ति। उनी हुन् डाक्टर राजु ढकाल। जो पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर हुन् र नेपालका एक मात्र फिजिकल मेडिसिन एन्ड रिह्याबिटेसन (फिजियाट्री) विशेषज्ञ। 

ढकालको २ वर्षको उमेरमै पोलियोले दुईटै खुट्टाको शक्ति छिनेर लग्यो। तर, लुला गोडा लिएर हुर्किएका उनले मनको साहस र दिमागको तेजलाई कहिल्यै कमजोर हुन दिएनन्। त्यसैको प्रतिफल आज उनी चिकित्साजस्तो पेशामा मात्र पुगेका छैनन्, स्पाइनल वा अन्य शारिरीक समस्या भएका बिरामीलाई नयाँ जीवन दिन सफल भइरहेका छन्। 

गोरखाको जौबारीमा जन्मेका उनलाई २ वर्षको उमेरमा पोलियो भएपछि उपचारका लागि काठमाडौं ल्याइयो। उपचारले सन्चो त भयो तर खुट्टाको शक्ति फिर्ता भएन। त्यसपछि गोरखा नै फर्किएका उनी ७ वर्षको उमेरमा पढ्नका लागि फेरि काठमाडौं आइपुगे। जोरपाटीस्थित सरकारी स्कुल चामुण्डा माध्यामिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे। 

वैशाखीको सहारामा स्कुल आउजाउ गर्ने उनी पढाइमा तेज थिए। सधैं प्रथम हुन्थे। शारिरीक रुपमा कमजोर भए पनि मानसिक रुपमा सधैं बलियो भइरहन भने उनका साथीहरुले सघाए। उनी सम्झिन्छन्, ‘साथीहरु यस्ता भेटें कि उनीहरुले तँ सक्दैनस् भनेर छाडेर गएनन्। बरु मलाई लात्ताले हानेर भए पनि आफू जाने ठाउँसम्म पुर्‍याएर छाडे।’ यसले उनलाई आफू अरुभन्दा फरक वा कमजोर रहेको महसुस कहिल्यै गराएन। 

उनलाई डाक्टर बन्ने चाहना भने ९ कक्षा पढ्दादेखि पलाएको हो। उनी आफ्नो लक्ष्यबारे अरुलाई सुनाउथे। तर, उनको शारिरीक अवस्थालाई हेरेर धेरैले निरुत्साहित गर्थे। उनले डाक्टरी पढ्न नसक्ने अनेक उदाहरण अघि सार्थे उनका केही निकटस्थहरु। एसएलसीपछि आफूले साइन्स पढ्ने निधो गर्दा अरुले दिएको प्रतिक्रिया सम्झिँदै भन्छन्, ‘साइन्समा ल्याब अनिवार्य हुन्छ। ल्याबमा उठी–उठी पढ्नुपर्छ। तिमी सक्दैनौ।’ उनी अरुले भनेका आधारमा होइन, आफैं अनुभव गरेर मात्रै सक्ने वा नसक्ने कुराको टुंगोमा पुग्ने उनको आदत थियो। जसका कारण उनी दिनप्रतिदिन एउटा उचाइ हासिल गर्न सफल भइरहेका छन्। 

उनले निरुत्साहित गर्ने यी प्रतिक्रियालाई नजरअन्दाज गर्दै साइन्स नै रोजे। एसओएस हर्मन जेम्नर स्कुलमा उनले प्लस टु गरेपछि चिकित्साको तयारी थाले। उनलाई छात्रवृत्तिमै नाम निकाल्ने योजना थियो, किनभने आफ्नै खर्चमा पढ्ने अवस्था थिएन। तर, एसओएस चिल्ड्रेन भिलेजले नै उनलाई चिकित्सा पढाउने निधो गरिसकेको रहेछ। ‘एसओएसकै रिसेप्सनमा बस्ने एकजना दाइले एक दिन मलाई छात्रवृत्तिका लागि भन्न आग्रह गर्नुभयो। नभए आफूले नै भनिदिने बताउनुभयो। त्यसपछि मैले सरहरुलाई आफ्ना इच्छा प्रकट गरें। सरले भन्नुभयो– तिमीलाई चिकित्सा पढाउन हामीले त बजेट पनि छुट्याइसकेका छौं,’ उनले सम्झे। 

चिकित्सा पढ्नुअघि पनि उस्तै प्रतिक्रिया थियो– बिरामीको उपचार गर्ने, राउन्ड लिने आदि काम कसरी गर्न सक्छौ?

nimb
nimb
Ncell 2
Ncell 2

तर, उनले यस्ता प्रतिक्रिया पचाइसकेका थिए। त्यसैले आँट गरे। डाक्टर पनि भए। बिरामीको उपचार पनि गरे। अहिले उनी बिरामीको रोजाइका डाक्टरमध्ये पर्छन्।

वैशाखीको सहारामा चिकित्सा पढ्दै गर्दा उनले अरुभन्दा केही फरक अनुभूति त गर्नुपर्यो। तर, उनले त्यसलाई स्वभाविक रुपमा लिए। ‘सेतो कोट लगाउँदा त यस्तो मान्छे पनि डाक्टर रहेछ भनेर हेर्थे। सेतो कोट नलगाएर सरहरुसँगै राउन्डमा जाँदा भने मलाई बाहिर बस्न भनिन्थ्यो। आफू चिकित्साको विद्यार्थी नै रहेको अवगत गराउनुपर्थ्यो,’ उनी भन्छन्। 

नेपाली समाज र संरचना दुवै अपांगमैत्री छैनन्। यसको कठिनाइ उनले भोगेका छन्। तर, दिमाग चल्नुपर्छ अरु त्यसपछिका कुरा हुन् भन्ने उनले जीवनको मार्गदर्शन हो। 

उचित औषधि र विधिपूर्ण उपचारले बिरामीका समस्या हटाइरहेका उनलाई थाहा छ– मनको समस्या नहटेसम्म तनको समस्याको समाधान हुँदैन। त्यसैले उनी बिरामीलाई धेरैभन्दा धेरै समय दिएर चेकजाँच गर्छन्। अरु समय वैशाखीको सहारामा यताउति गर्ने उनी अस्पतालमा चारपाङ्ग्रे प्रयोग गर्न थालेका छन्। भन्छन्, ‘खुट्टा नचल्दैमा सबथोक सकियो भन्ने मानसिकताका सिकार भइरहेकाहरुलाई यसले ढाडस मिल्न सक्छ।’ स्वभाविक रुपमा आफूजस्तै केहीको सहारामा हिँडडुल गरिरहेका डाक्टरसँग उनीहरुको आत्मीयता र भरोसा पनि बढ्छ नै। 

डा ढकालले फिजियाट्रीमा विशेषज्ञता हासिल गर्नुको कारण नै यस्तो अवस्थाका बिरामीका समस्या महसुस गरेर हो। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका उनले इन्टर्नसिपका क्रममा देखेका केही बिरामीको अवस्थाले यही क्षेत्रमा विशेषज्ञता हासिल गर्ने प्रेरणा पाएका हुन्। उनी सम्झिन्छन्, ‘स्पाइनल इन्जुरी वा यस्तै समस्या भएका बिरामीले लामो समय अस्पताल बस्नुपर्छ। उनीहरुमा अनेक समस्या आइरहन्छन्। तर, उनीहरुले विधिवत उपचार पाइरहेका हुँदैनथे।’

तिनै बिरामीको अवस्थालाई महसुस गरेर डा ढकालले संकल्प गरे– म यस्तै बिरामीको उपचार र पुनर्स्थापनाको विषयमा विशेषज्ञता हासिल गर्छु। 

उनले फिजियाट्री पढाइ हुने ठाउँ पत्ता लगाउनै धेरै समय लाग्यो। पढाइ हुने ठाउँ र पढ्ने कोटा नभेटुन्जेल उनले काठमाडौं मेडिकल कलेजको अस्पतालमा काम गरे भने त्यसपछि यही पुनर्स्थापना केन्द्रमा काम गरे। उनी भन्छन्, ‘मलाई जुन विषयमा एमडी गर्न खोजे पनि छात्रवृत्ति दिने दाता थिए, तर फिजियाट्री बाहेकमा गर्दिनँ भनेर केही वर्ष कुरें।’

यही अस्पतालमा आएपछि चिनजान भएका क्यानडाका एक प्रोफेसरले स्पाइनल कर्ड इन्जुरीको उपचारमा नेपालीलाई सहयोग गर्न क्यानडामै स्पनाइन ग्रुप नेपाल बनाए। डा ढकाललाई जुनकुनै विषयमा विशेषज्ञता हासिल गर्न छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता उनैले जनाएका थिए। तर, डा ढकाललाई अरु विषय पढ्न मन लागेन। केही वर्षको खोजीपछि बंगलादेशको बंगबन्धु सेख मुजिव मेडिकद युनिभर्सिटी, ढाकामा फिजियाट्री पढाइ हुने पत्ता लगाए। सन् २०१२ मा उनी फिजियाट्रीमा एमडी गर्न त्यहाँ पुगे। उनलाई पढाइमा सघाउनुका साथै पब्लिक हेल्थ स्नातकोत्तर गर्न उनकी जीवनसंगिनी शिला ज्ञवाली पनि गएकी थिइन्। 

फिजियाट्रीका रुपमा पनि चिनिने यो विषय उनले ५ वर्ष पढे। जसमा ३ वर्ष इन्टरनल मेडिसिन र २ वर्ष पुनर्स्थापना सम्बन्धी विशेष ज्ञान दिइन्छ। यो विषयको उद्देश्य उपचारका साथै बिरामीको शारिरीक अवस्थामा गतिशिलता ल्याउनु र गुणस्तरीय जीवन जिउन सघाउनु हुन्छ। यसमा विशेषज्ञता गरेकाहरुले चिकित्सक, नर्स, फिजियोथेरापिस्ट, अक्युपेसनल थेरापिस्ट र फिजिसियनहरुको नेतृत्व गर्छन्।

बंगलादेशमा पढ्दै गर्दा नै उनले थप तालिम पनि लिन भ्याए। बंगलादेशका आफ्ना प्रोफेसरसँग सल्लाह गरेरै उनी थप उपचार पद्दति र तालिम लिन क्यानडा, अस्ट्रेलिया, आयरल्यानड र स्विट्जरल्यान्ड सम्म पुगे। यही ज्ञान र सीपका आधारमा उनी आफू कार्यरत पुनर्स्थापना केन्द्रमा गुणस्तरीय उपचार पद्दतिको विकास गरिरहेका छन्। 

डा ढकालले पुनर्स्थापना क्षेत्रमा निश्चित पद्दतिको अभाव महसुस गरेर विशेषज्ञता हासिल गरेका हुन्। तर, एक्लो विशेषज्ञले पुग्दैन भन्ने लाग्छ उनलाई। त्यसैले सरकारकै स्वास्थ्य प्रणालीमा पुनर्स्थापना नीति हुनुपर्ने उनी बताउँछन्। यसका लागि छोटो समयको तालिमदेखि विशेषज्ञताको पढाइ समेत थाल्नुपर्ने उनको सुझाव छ। 

यसैगरी, पुनर्स्थापनामा काम गर्ने ‘टास्क फोर्स’ समेत जरुरी रहेको उनले बताए। ठूला अस्पतालमा पुनर्स्थापना विभाग हुनुपर्ने उनले महसुस गरेका छन्।

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  ०५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना बिहीबार, असार ११, २०८३
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्