• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

फरक क्षमताका डाक्टर, फरक विषयमै विशेषज्ञता

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  ०५:०१
1140x725

स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र, साँगा। जहाँ स्पाइनल इन्जुरी भएका बिरामीको उपचार हुन्छ र उनीहरुलाई सामाजिक जीवनमा पुनर्स्थापना गर्ने प्रयास गरिन्छ। उक्त पुनर्स्थापना केन्द्रमा धेरै बिरामीले ह्विलचियर वा वैशाखीको सहारामा आफूलाई शारिरीक रुपमा गतिशील बनाइरहेको भेटिन्छन्। 

र, सँगै देखिन्छन् ह्विलचियर जस्तै तर आफैं गुड्न सक्ने चार पाङ्ग्रेमा एक जना सेतो कोटधारी व्यक्ति। उनी हुन् डाक्टर राजु ढकाल। जो पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर हुन् र नेपालका एक मात्र फिजिकल मेडिसिन एन्ड रिह्याबिटेसन (फिजियाट्री) विशेषज्ञ। 

ढकालको २ वर्षको उमेरमै पोलियोले दुईटै खुट्टाको शक्ति छिनेर लग्यो। तर, लुला गोडा लिएर हुर्किएका उनले मनको साहस र दिमागको तेजलाई कहिल्यै कमजोर हुन दिएनन्। त्यसैको प्रतिफल आज उनी चिकित्साजस्तो पेशामा मात्र पुगेका छैनन्, स्पाइनल वा अन्य शारिरीक समस्या भएका बिरामीलाई नयाँ जीवन दिन सफल भइरहेका छन्। 

गोरखाको जौबारीमा जन्मेका उनलाई २ वर्षको उमेरमा पोलियो भएपछि उपचारका लागि काठमाडौं ल्याइयो। उपचारले सन्चो त भयो तर खुट्टाको शक्ति फिर्ता भएन। त्यसपछि गोरखा नै फर्किएका उनी ७ वर्षको उमेरमा पढ्नका लागि फेरि काठमाडौं आइपुगे। जोरपाटीस्थित सरकारी स्कुल चामुण्डा माध्यामिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे। 

वैशाखीको सहारामा स्कुल आउजाउ गर्ने उनी पढाइमा तेज थिए। सधैं प्रथम हुन्थे। शारिरीक रुपमा कमजोर भए पनि मानसिक रुपमा सधैं बलियो भइरहन भने उनका साथीहरुले सघाए। उनी सम्झिन्छन्, ‘साथीहरु यस्ता भेटें कि उनीहरुले तँ सक्दैनस् भनेर छाडेर गएनन्। बरु मलाई लात्ताले हानेर भए पनि आफू जाने ठाउँसम्म पुर्‍याएर छाडे।’ यसले उनलाई आफू अरुभन्दा फरक वा कमजोर रहेको महसुस कहिल्यै गराएन। 

उनलाई डाक्टर बन्ने चाहना भने ९ कक्षा पढ्दादेखि पलाएको हो। उनी आफ्नो लक्ष्यबारे अरुलाई सुनाउथे। तर, उनको शारिरीक अवस्थालाई हेरेर धेरैले निरुत्साहित गर्थे। उनले डाक्टरी पढ्न नसक्ने अनेक उदाहरण अघि सार्थे उनका केही निकटस्थहरु। एसएलसीपछि आफूले साइन्स पढ्ने निधो गर्दा अरुले दिएको प्रतिक्रिया सम्झिँदै भन्छन्, ‘साइन्समा ल्याब अनिवार्य हुन्छ। ल्याबमा उठी–उठी पढ्नुपर्छ। तिमी सक्दैनौ।’ उनी अरुले भनेका आधारमा होइन, आफैं अनुभव गरेर मात्रै सक्ने वा नसक्ने कुराको टुंगोमा पुग्ने उनको आदत थियो। जसका कारण उनी दिनप्रतिदिन एउटा उचाइ हासिल गर्न सफल भइरहेका छन्। 

उनले निरुत्साहित गर्ने यी प्रतिक्रियालाई नजरअन्दाज गर्दै साइन्स नै रोजे। एसओएस हर्मन जेम्नर स्कुलमा उनले प्लस टु गरेपछि चिकित्साको तयारी थाले। उनलाई छात्रवृत्तिमै नाम निकाल्ने योजना थियो, किनभने आफ्नै खर्चमा पढ्ने अवस्था थिएन। तर, एसओएस चिल्ड्रेन भिलेजले नै उनलाई चिकित्सा पढाउने निधो गरिसकेको रहेछ। ‘एसओएसकै रिसेप्सनमा बस्ने एकजना दाइले एक दिन मलाई छात्रवृत्तिका लागि भन्न आग्रह गर्नुभयो। नभए आफूले नै भनिदिने बताउनुभयो। त्यसपछि मैले सरहरुलाई आफ्ना इच्छा प्रकट गरें। सरले भन्नुभयो– तिमीलाई चिकित्सा पढाउन हामीले त बजेट पनि छुट्याइसकेका छौं,’ उनले सम्झे। 

चिकित्सा पढ्नुअघि पनि उस्तै प्रतिक्रिया थियो– बिरामीको उपचार गर्ने, राउन्ड लिने आदि काम कसरी गर्न सक्छौ?

Ncell 2
Ncell 2
nimb
nimb

तर, उनले यस्ता प्रतिक्रिया पचाइसकेका थिए। त्यसैले आँट गरे। डाक्टर पनि भए। बिरामीको उपचार पनि गरे। अहिले उनी बिरामीको रोजाइका डाक्टरमध्ये पर्छन्।

वैशाखीको सहारामा चिकित्सा पढ्दै गर्दा उनले अरुभन्दा केही फरक अनुभूति त गर्नुपर्यो। तर, उनले त्यसलाई स्वभाविक रुपमा लिए। ‘सेतो कोट लगाउँदा त यस्तो मान्छे पनि डाक्टर रहेछ भनेर हेर्थे। सेतो कोट नलगाएर सरहरुसँगै राउन्डमा जाँदा भने मलाई बाहिर बस्न भनिन्थ्यो। आफू चिकित्साको विद्यार्थी नै रहेको अवगत गराउनुपर्थ्यो,’ उनी भन्छन्। 

नेपाली समाज र संरचना दुवै अपांगमैत्री छैनन्। यसको कठिनाइ उनले भोगेका छन्। तर, दिमाग चल्नुपर्छ अरु त्यसपछिका कुरा हुन् भन्ने उनले जीवनको मार्गदर्शन हो। 

उचित औषधि र विधिपूर्ण उपचारले बिरामीका समस्या हटाइरहेका उनलाई थाहा छ– मनको समस्या नहटेसम्म तनको समस्याको समाधान हुँदैन। त्यसैले उनी बिरामीलाई धेरैभन्दा धेरै समय दिएर चेकजाँच गर्छन्। अरु समय वैशाखीको सहारामा यताउति गर्ने उनी अस्पतालमा चारपाङ्ग्रे प्रयोग गर्न थालेका छन्। भन्छन्, ‘खुट्टा नचल्दैमा सबथोक सकियो भन्ने मानसिकताका सिकार भइरहेकाहरुलाई यसले ढाडस मिल्न सक्छ।’ स्वभाविक रुपमा आफूजस्तै केहीको सहारामा हिँडडुल गरिरहेका डाक्टरसँग उनीहरुको आत्मीयता र भरोसा पनि बढ्छ नै। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा ढकालले फिजियाट्रीमा विशेषज्ञता हासिल गर्नुको कारण नै यस्तो अवस्थाका बिरामीका समस्या महसुस गरेर हो। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका उनले इन्टर्नसिपका क्रममा देखेका केही बिरामीको अवस्थाले यही क्षेत्रमा विशेषज्ञता हासिल गर्ने प्रेरणा पाएका हुन्। उनी सम्झिन्छन्, ‘स्पाइनल इन्जुरी वा यस्तै समस्या भएका बिरामीले लामो समय अस्पताल बस्नुपर्छ। उनीहरुमा अनेक समस्या आइरहन्छन्। तर, उनीहरुले विधिवत उपचार पाइरहेका हुँदैनथे।’

तिनै बिरामीको अवस्थालाई महसुस गरेर डा ढकालले संकल्प गरे– म यस्तै बिरामीको उपचार र पुनर्स्थापनाको विषयमा विशेषज्ञता हासिल गर्छु। 

उनले फिजियाट्री पढाइ हुने ठाउँ पत्ता लगाउनै धेरै समय लाग्यो। पढाइ हुने ठाउँ र पढ्ने कोटा नभेटुन्जेल उनले काठमाडौं मेडिकल कलेजको अस्पतालमा काम गरे भने त्यसपछि यही पुनर्स्थापना केन्द्रमा काम गरे। उनी भन्छन्, ‘मलाई जुन विषयमा एमडी गर्न खोजे पनि छात्रवृत्ति दिने दाता थिए, तर फिजियाट्री बाहेकमा गर्दिनँ भनेर केही वर्ष कुरें।’

यही अस्पतालमा आएपछि चिनजान भएका क्यानडाका एक प्रोफेसरले स्पाइनल कर्ड इन्जुरीको उपचारमा नेपालीलाई सहयोग गर्न क्यानडामै स्पनाइन ग्रुप नेपाल बनाए। डा ढकाललाई जुनकुनै विषयमा विशेषज्ञता हासिल गर्न छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता उनैले जनाएका थिए। तर, डा ढकाललाई अरु विषय पढ्न मन लागेन। केही वर्षको खोजीपछि बंगलादेशको बंगबन्धु सेख मुजिव मेडिकद युनिभर्सिटी, ढाकामा फिजियाट्री पढाइ हुने पत्ता लगाए। सन् २०१२ मा उनी फिजियाट्रीमा एमडी गर्न त्यहाँ पुगे। उनलाई पढाइमा सघाउनुका साथै पब्लिक हेल्थ स्नातकोत्तर गर्न उनकी जीवनसंगिनी शिला ज्ञवाली पनि गएकी थिइन्। 

फिजियाट्रीका रुपमा पनि चिनिने यो विषय उनले ५ वर्ष पढे। जसमा ३ वर्ष इन्टरनल मेडिसिन र २ वर्ष पुनर्स्थापना सम्बन्धी विशेष ज्ञान दिइन्छ। यो विषयको उद्देश्य उपचारका साथै बिरामीको शारिरीक अवस्थामा गतिशिलता ल्याउनु र गुणस्तरीय जीवन जिउन सघाउनु हुन्छ। यसमा विशेषज्ञता गरेकाहरुले चिकित्सक, नर्स, फिजियोथेरापिस्ट, अक्युपेसनल थेरापिस्ट र फिजिसियनहरुको नेतृत्व गर्छन्।

बंगलादेशमा पढ्दै गर्दा नै उनले थप तालिम पनि लिन भ्याए। बंगलादेशका आफ्ना प्रोफेसरसँग सल्लाह गरेरै उनी थप उपचार पद्दति र तालिम लिन क्यानडा, अस्ट्रेलिया, आयरल्यानड र स्विट्जरल्यान्ड सम्म पुगे। यही ज्ञान र सीपका आधारमा उनी आफू कार्यरत पुनर्स्थापना केन्द्रमा गुणस्तरीय उपचार पद्दतिको विकास गरिरहेका छन्। 

डा ढकालले पुनर्स्थापना क्षेत्रमा निश्चित पद्दतिको अभाव महसुस गरेर विशेषज्ञता हासिल गरेका हुन्। तर, एक्लो विशेषज्ञले पुग्दैन भन्ने लाग्छ उनलाई। त्यसैले सरकारकै स्वास्थ्य प्रणालीमा पुनर्स्थापना नीति हुनुपर्ने उनी बताउँछन्। यसका लागि छोटो समयको तालिमदेखि विशेषज्ञताको पढाइ समेत थाल्नुपर्ने उनको सुझाव छ। 

यसैगरी, पुनर्स्थापनामा काम गर्ने ‘टास्क फोर्स’ समेत जरुरी रहेको उनले बताए। ठूला अस्पतालमा पुनर्स्थापना विभाग हुनुपर्ने उनले महसुस गरेका छन्।

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  ०५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्