नुवाकोट – बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता बनाएका छन्।
विसं १९८९ भदौ ६ गते जन्मिएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए।
उनको नागरिकता प्रमाणपत्र नंं २५०१७४÷०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आउनुभएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट उनी वञ्चितथिइन्।
तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।