• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साउदीमा श्रम गर्दागर्दै अस्ताए ७३ वर्षीय सुलमान

अन्तिम संस्कार पनि उतै गर्न किन सहमत भए श्रीमती?
64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १७:०४
1140x725

काठमाडौं- सेतो कपडामा सजिएका महोत्तरी जिल्ला भाङ्हा नगरपालिका-३ का बतिला खातुन मियाँ र हजरा खातुन हेर्दा ठ्याक्कै आमाछोरी जस्तै देखिन्छन्। 

बतिला र हजराको नातासम्बन्ध अनुमानले छुट्याउन मुस्किल पर्छ। 

बतिला खातुन मियाँ ६५ वर्षकी भइन्, भने हजरा ३५ वर्षकी भइन्। 

बतिला र हजराको उमेर अन्तर आमाछोरी भन्न सुहाउने खालको पनि छ। 

तर उनीहरु दुबैजना सुलमान धोवी मियाँका श्रीमती हुन्। 

६५ वर्षीया बतिला खातुन मियाँ सुलमानकी जेठी श्रीमती हुन् भने ३५ वर्षीया हजरा खातुन कान्छी श्रीमती।

नाताले उनीहरु सौता–सौता।

nimb
nimb
Ncell 2
Ncell 2

रोजगारीका लागि साउदी पुगेका श्रीमान् सुलमानको मृत्यु पछि घरमा दुई जना मात्रै छन्। 

१३ वर्षमा सुलमानसँग बिहे गरेकी बतिला
विवाह गर्दा बतिला १३ वर्ष र सुलमान १८ वर्षका थिए। विवाहपछि सुलमान खेतबारीको काम गर्थे। बतिला घरको काम गर्थिन्। दुखसुख समय गुज्रिँदै थियो। 

विवाह गरेको लामो समयसम्म पनि सुलमान र बतिलाका सन्तान हुन सकेनन्। 

‘उमेरले ४० कटिसकेपछि पनि सन्तान नभएको पीरले उहाँ मलाई छाडेर साउदी जानुभयो,’ सुलमानकी जेठी श्रीमती बातिला भन्छिन्। 

सुलमान २७ वर्ष अघि २०४९ सालमा वैदेशिक रोजगारीका लागि साउदी पुगेका हुन्। 

साउदी पुगेपछि पनि सुलमानले राम्रै काम पाएका थिए। 

सुलमानले साउदीको पीकनिक स्पटमा लेभरको काम पाएका थिए। 

सुलमान छुट्टीमा नेपाल आउने र फेरि उही कम्पनीमा साउदी फर्कने गर्न थाले। 

०५६ सालमा हजरासँग दोस्रो विवाह
सन्तानको चाहानामा ०५६ सालमा साउदीबाट फर्किएको समयमा सुलमानले दोस्रो विवाह गरे १५ वर्षीया हजरासँग। 

सुलमान हजराभन्दा ३८ वर्ष जेठा हुन्। हजरासँग विवाह गरेपछि केही समय नेपाल बसे सुलमान। कान्छी श्रीमती हजरासँग पनि सुलमानले मागी विवाह नै गरेका थिए।

हजराबाट पनि सन्तान भएनन्। 

विवाह गरेको २० वर्षमा श्रीमान्‍सँग एकवर्ष मात्र
हजरासँग बिवाह गरेर एकवर्षसम्म सुलमान विदेश गएनन्। तर हजराबाट पनि सन्तान नभएपछि सुलमान फेरि विदेश हानिए। 

साउदीको पुरानै कम्पनीमा जाने र समय थप गरी बस्ने गर्न थाले। 

हजरा र सुलमानको विवाह भएको २० वर्ष बितिसक्दा पनि हजरा र सुलमानले सँगै बिताएको लामो समय भनेको एक वर्ष मात्रै हो। छोटो समयका लागि सुलमान बिदामा घर आउने र एक दुई महिना बसेर साउदी नै जान थाले सुलमान। 

योभन्दा अगाडी ०७४ सालमा सुलमान छुट्टीमा नेपाल फर्किएका थिए।

७३ वर्षसम्म साउदीमै श्रमिकको काम
४६ वर्षको उमेरमा रोजगारीका लागि साउदी पुगेका सुलमान ७३ वर्षको वृद्धावस्थासम्म पनि साउदीको सोही पिकनिक स्पटमा लेबर काम गरिरहेका थिए। 

कामप्रतिको लगाव र मेहनतका कारण रोजगारदाताका लागि विश्वासका पात्र बनेका थिए सुलमान। 

उनलाई त्यहाँ परिवारको सदस्य जस्तै मानेर गर्न सक्ने हल्का काम लगाएर राखेको सुलमानका भाइ गफुर मियाँ बताउँछन्। 

उनी भन्छन्, ‘सुलमान मेरो जेठो दाजु हुनुहुन्छ, दुई वटा विवाह गर्दा पनि छोराछोरी नभएपछि विरक्तिएर परदेश जानुभएको दाजु परदेशमै अस्ताउनु भयो।’

साउदीमै अस्ताए सुलमान  
दोस्रो विवाहपछि पनि सन्तान नहुँदा चिन्तित बनेका सुलमान उनका श्रीमतिहरुलाई साउदीबाट नफर्किने बताउँथे। 

तर पनि छुट्टीको समयमा बेलाबखत उनी नेपाल आउँथे। 

‘साउदीमै मर्छु म भन्नु हुन्थ्यो, उहाँले भनेको जस्तै साउदीमै बित्नुभयो,’ सुलमानकी जेठी श्रीमती बतिलाले विगत सम्झँदै भनिन्। 

केही समय अघिदेखि उनलाई मधुमेह रोगले च्यापेको थियो। 

सोही रोगका कारण साउदीमा उनको ०७५ फागुन २९ गते उनको निधन भएको बताउँछिन् बतिला। 

अन्तिम संस्कार पनि साउदीमै 
२७ वर्षदेखि साउदीमै परिवारको सदस्यजस्तै भएर काम गरिरहेका सुलमानको मृत्युको खबर आयो। 

रोजगारदाताले सुलमानको शव नेपाल नपठाई त्यहीँ आफ्नै परिवारको सदस्य मानेर मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिदिने खबर गरेपछि सुलमानका दुवै श्रीमतीहरु सहमत भए।

सुलमानकी कान्छी श्रीमती हजरा भन्छिन्, ‘सन्तान नभएपछि मरे परदेशमै मर्छु भनेर हिड्नु भएको थियो उहाँ, परिवारको सदस्य मानेर हाम्रै परम्पराअनुसार कम्पनीकै मान्छेले नै अन्तिम संस्कार गरिदिने भएपछि हामीले पनि सहमति जनायौँ।’ 

सुलमानको अन्तिम संस्कार साउदीमै गर्न उनका दुबै श्रीमती सहमत भएको सिफारिसपत्र परराष्ट्र मन्त्रालयमार्फत साउदीमा पठाएपछि मुस्लिम परम्परा अनुसार सुलमानको अन्तिम संस्कार साउदीमै भयो। 

‘उहाँसँग विवाह त भयो, न त सँगै बस्न पाइयो, न त सन्तान नै भए। आशै आशमा सकियो जिन्दगी,’ सुलमानकी कान्छी श्रीमती हजराले दुखेसो पोखिन्। 

भनिन्छ नि, सौताको रिस सबैभन्दा खतरा हुन्छ, तर उनीहरु सौता-सौता नभएर आमाछोरी जस्तै मिलेर बसेका छन्। 

आफूबाट सन्तान नभएपछि सुलमानकी जेठी श्रीमती बतिलाले नै दोस्रो विवाह गर्न सल्लाह दिएकी थिइन्। 

सहमतिमै दोस्रो विवाह गरेकाले उनीहरुबीच कलह कहिल्यै भएन। 

श्रीमान् बितेपछि पनि उनीहरु दुवैले दिदीबहिनी जस्तै मिलेर बस्ने सोच बनाएका छन्। 

‘जिन्दगी के छ र झगडा गर्नु!,' उनीहरु दुवैको विचार एउटै छ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्