• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

त्रियुगा नगरपालिकाले भ्रष्टाचार गरेको आधार दिनुस्, यही ल्यापटपबाट समाचार लेख्छौं

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १०:५०
1140x725

[उदयपुरको त्रियुगा नगरपालिकाले त्यहाँका २७ पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गरेको समाचार बाहिरिएसँगै यो विषय निकै विवादित बन्यो। र, धेरै कोणबाट बहस पनि चलिइरहेको छ। सोही सन्दर्भमा क्यानडाको ओटावा विश्वविद्यालयमा प्राध्यापन गरिरहेका भानुभक्त आचार्यले 'पत्रकारलाई उपहार : कति जायज?' शीर्षकमा लेख लेखे, जुन नेपाल लाइभले जेठ ३० गते प्रकाशन गर्‍यो। आचार्यको लेख प्रकाशनमा आएपछि उदयुपरका पत्रकारद्वय तुलसीप्रसाद कोइराला र ईश्वरकुमार तामाङले त्यसको प्रतिक्रिया लेखेका छन्। यो बहसमा सान्दर्भिक ठानिएकाले पत्रकारद्वयको संयुक्त लेख प्रतिक्रिया स्वरुप प्रकाशन गरेका छौं- सम्पादक]

— O —

प्रिय प्राध्यापक,
नमस्कार।

भरिएको गिलासमा पानी थप्ने ठाउँ हुँदैन र त्यसको औचित्य पनि निरर्थक हुन्छ। 'पत्रकारलाई उपहार : कति जायज?' शीर्षकमा प्रकाशित भानुभक्त आचार्यले  लेखप्रति असहमति जनाउँदै आफ्ना कुरा राख्दैछौं।

स्थानीय स्वायत्त सरकारको नगरसभा (जहाँ फक फरक राजनीतिक धारका विचारका हैसियतका जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्छन्) ले व्यापक छलफल गरी पारदर्शी ढंगले बजेट व्यवस्थापन गरी पत्रकारलाई प्रविधिमैत्री बनाउँदै क्षमता अभिवृद्धिका लागि वितरण गरिएको ल्यापटप कुनै पनि अर्थमा उपहार हुँदै होइन। बृहत् नेपाली शब्दकोशमा उपहारको अर्थ ‘कुनै खुसीयालीका प्रसंगमा मान्यजन वा मित्रलाई दिइने भेट, सौगात, नजराना। राम्रो वा योग्य काम गर्नेलाई सम्मानार्थ दिइने चिनुस्वरुप दिइने वस्तु’ भनिएको छ। 

आचार्यले ल्यापटपमा कमीकमजोरी मात्रै देख्नुभयो। प्राध्यापक महोदयले ल्यापटप सोखभन्दा आवश्यकता बढी हुन सक्छ भनेर अनुमान लगाउनै चाहनुभएन। एकोहोरो उपहार उपहार भनिरहनुभयो। 

उहाँले मोफसलको पत्रकारले ल्यापटप प्राप्त गर्दा डेडलाइन मिट गर्न सघाउ पुग्छ, क्षमता अभिवृद्धि गर्न सक्छ, ल्यापटप किन्नकै लागि समाचार किल गर्नु पर्दैन, गलत सम्झौता गर्न बाध्य हुनु पर्दैन भन्ने कुरा चटक्कै बिर्सिनुभयो। र, ल्यापटप लिँदा समाचारको हत्या देख्नुभयो। 

आचार्यले कतिपय सम्पन्न देशका पत्रकारले पनि खासखास अवस्थामा उपहार पाउने विद्वता पनि दिनुभएको छ। त्यो पक्षबाट एकफेर पनि कुरा उठाउनुभएन, केवल नगरसभाले पत्रकारिता क्षेत्रको विकासका लागि, पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नीति तथा कार्यक्रमगत रुपमा बजेटमा व्यवस्था गरी वितरण गरेको ल्यापटपलाई उपहारको रुपमा सिद्ध गर्न खोज्नुभयो। 

nimb
nimb
Ncell 2
Ncell 2

छाती ठोकेर लिएको ल्यापटपमा अनियमितता र भ्रष्टचारको बर्खिलाप बोल्ने ताकत हुन्छ कि सुटुक्क लिनेमा? प्राध्यापक आचार्यले बुझ्नुपर्छ, ल्यापटपवालाले आउँदा दिनहरुमा लेख्ने समाचार नै यसको मानक हो।

उहाँले गत साउनमै त्रियुगा नगरपालिकाले पारित गरी प्रकाशित गरेको नीति तथा कार्यक्रम पुस्तिका (रातो किताब) पढ्न कष्ट गरे कति राम्रो हुने थियो। यो अपारदर्शी कार्यक्रम होइन बजेटमै उल्लेख भएर आएको कार्यक्रम हो।

के पत्रकार विकासविरोधी हुनुपर्ने? दुई नम्बरको बुँदा नपढ्ने वा पढे पनि अन्ठ्याउने वा एकपक्षीय रुपमा धारणा बनाउने प्राध्यापकलाई प्रश्न- ‘त्रियुगा नगरपालिकामा शून्य किलोमिटर कालोपत्रे!’, ‘खानेपानीमा आकाशको भर!’, ‘आधा उदयपुरको दु:ख त्रियुगा नदी’, ‘सार्वजनिक जग्गा अतिक्रमणमा नगरपालिकाको बेवास्ता’ लगायत शीर्षकका समाचारले के संकेत गर्छ? त्रियुगा नगरपालिकाको कमीकमजोरी औंल्याउँदै विकास निर्माणका निम्ति मार्ग प्रशस्त गर्दैनन् र? यस्ता समाचारहरु नपढ्ने विद्वान्‌ले ‘सम्पादकीय स्वतन्त्रता’सँग ‘उपहार साट्नु’ भनेर कसरी भन्न सक्नुभयो? 

उहाँले पत्रकार तीर्थ कोइरालाको भनाइलाई व्यङ्ग्य गर्दै आलोचनात्मक धारको मापन नहुने कुरा लेख्नुभएको छ। ल्यापटप लिएकै आधारमा नगरपालिकाभित्र हुने अनियमिमता र भ्रष्टाचारको समाचार लेख्न सक्दैनन् भन्ने आधार के? 

जहाँसम्म बारम्बार अपारदर्शी भएको दाबी छ। उहाँले गत साउनमै त्रियुगा नगरपालिकाले पारित गरी प्रकाशित गरेको नीति तथा कार्यक्रम पुस्तिका (रातो किताब) पढ्न कष्ट गरे कति राम्रो हुने थियो। यो अपारदर्शी कार्यक्रम होइन बजेटमै उल्लेख भएर आएको कार्यक्रम हो।

उहाँले अन्तर्राष्ट्रिय प्रसंग जोडेर पत्रकारिता क्षेत्रको विकासमा लागि विनियोजित बजेट अनुरुप ल्यापटपलाई उपहार साबित गर्ने प्रयास गर्नुभएको । भारतीय प्रेस काउन्सिललाई उद्धृत गर्दै ‘पत्रकारका क्षमता अभिवृद्धि गर्नेबाहेक पत्रकारितासम्बन्धी क्लब, पत्रकारका संगठनलाई दिइने सरकारी सहयोग रोक्नुपर्दछ’ भन्नुभएको छ। के ल्यापटप चाहिँ आजकालका पत्रकारहरुको लागि क्षमता अभिवृद्धि गर्न सहायक सामग्री होइन र? कि सजाउने सामग्री हो? ‘पत्रकारहरुलाई मात्रै लक्षित गरी सहुलियत ऋण, बिमा वा अनुदान उपलब्ध गराउनु हुँदैन। पत्रकारलाई जथाभावी दिइने पुरस्कार पनि रोकिनुपर्छ’ भनेर समेत उहाँले उल्लेख गर्नुभएको छ। के पत्रकारहरु नेपालका नागरिक होइनन्? राज्यले दिने सुविधाबाट पत्रकार भएकै नाताले वञ्चित हुनुपर्ने हो? 

भ्रष्टाचारमा चुर्लुम्म डुबेका नगरपालिकाको बारेमा के नेपाली पत्रकारहरुले लेखेका छैनन् र? त्रियुगा नगरपालिकाले यदि अनियमितता र भ्रष्टाचार गरेको छ भने कुनै आधार दिनुस्, हामी खोजी गरेर लेख्न तयार छौं, त्यही ल्यापटपबाट।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले २५ डलरभन्दा बढीको मूल्यको उपहार नलिन पत्रकारलाई निर्देशन दिएको उदाहरण दिने आचार्यले के भुल्नु हुँदैन भने यो नेपाल हो। जहाँ मोफसलमा बस्ने पत्रकारहरु रोजगारदाता होइन स्वरोजगारदाता पत्रकारको रुपमा कार्यरत भएर गाउँठाउँको सेवा गरेका छन्। जसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निभाएका छन्। जसले राजधानीका ठूला अखबारले डस्टबिनमा फाल्दिने समाचारको खेती गरेर आफ्नो पहिचान बनाएका छन्। आवाजविहीनहरुको आवाजको रुपमा झिनै भए पनि प्रतिनिधित्व  गरेका छन्। राज्यको मूल प्रवाहबाट बाहिरिएका, बहिस्करणमा परेकाहरुलाई समाचारका केन्द्रविन्दुमा राखेर समाचार लेखेका छन्। यस्ता पत्रकारको क्षमता अभिवृद्धिको लागि रातो किताबमै बजेट व्यवस्था गरी वितरण गरिएको ल्यापटप उपहार हुनै सक्दैन। 

आजकालका मोफसलका पत्रकारले कागजमै समाचार लेखेर हुलाकबाट पठाउनुपर्छ भन्ने मान्यता राख्ने सम्पादक त्यस्तो निच हाकिम हो जसले दोस्रो युद्धको थ्रीनटथ्री राइफल लिएर एके ४७ राइफल लिएका दुस्मनसँग भिड्न जा भनेर आदेश दिन्छ। आचार्यले एनपिआरको एउटा बुँदा उद्धरण गर्दै ‘पत्रकारले उपहार, दान वा चन्दा जस्ता कुरालाई निरुत्साहन गर्नुपर्छ’ लेख्न भ्याउनुभएको छ। तर उहाँले उपहार, दान वा चन्दाको अर्थ बुझ्नुभएको रहेनछ।

नेपाल र नेपाली पत्रकारिताप्रति चिन्तित देखिने आचार्यले भ्रष्टाचारमा चुर्लुम्म डुबेका नगरपालिकाहरुले भोलि पत्रकारलाई खुसी पार्न कार पनि दिन तयार हुनेछन्, यसले भ्रष्टाचारलाई संस्थागत र वैधानिक बनाउने, जसले भ्रष्टाचार सार्वजनिक गर्छ भन्ठानिएको छ, उसैको मुखबुझो लगाइदिएपछि करमा थप लुट मच्चिनेछ भनेर लेख्नुभएको छ। पहिलो कुरा त, भ्रष्टाचारमा चुर्लुम्म डुबेका नगरपालिकाको बारेमा के नेपाली पत्रकारहरुले लेखेका छैनन् र? ल्यापटप लिनेले लेख्न सक्दैनन् भन्ने आचार्यलाई हाम्रो चुनौती छ, त्रियुगा नगरपालिकाले यदि अनियमितता र भ्रष्टाचार गरेको छ भने कुनै आधार दिनुस्, हामी खोजी गरेर लेख्न तयार छौं, यही ल्यापटपबाट।

क्यानडामा अध्यापन गर्ने आचार्यले उदयपुरको त्रियुगा नगरपालिकामा आएर ल्यापटप लिएको भएचाहिँ पक्कै करको लुट हुन्थ्यो। होइन भने स्थानीय सरकारको संसदले पत्रकारिता क्षेत्रको विकासको लागि विनियोजित गरेको बजेटलाई कसरी लुटको धन भनेर अर्थ निकालियो?

एउटा पत्रकार जसलाई उसको समाचार संस्थाले पालिने तलब दिँदैन। जुन श्रमजीवी ऐनको पूर्ण कार्यान्वयनको लडाइँमा अल्झिएको छ। समाचार लेख्नको लागि साइबर क्याफे धाउनुपर्छ। जसको ल्यापटप, क्यामरा, रेकर्डर लगायतका अत्यावश्यक सामग्रीहरु किन्ने क्षमता हुँदैन। त्यस्ता पत्रकारले सुटुक्क मेयर वा उपमेयर वा कर्मचारीहरुसँग वा अन्य कुनै उद्योगपतिसँग वा कसैको निगाहमा अदृश्य ढंगले साँठगाँठ गर्दा फरक नपर्ने कुरालाई आचार्यको तर्कले बल दिन्छ। पारदर्शी र वैधानिक प्रक्रियालाई नकार्दै गलत बाटो अपनाउन बाध्य पार्ने आचार्यको तर्कले भन्दो रहेछ- कम्मल ओढेर घिउ खानु। तर उदयपुरका पत्रकारहरुले त्यो कुरा मानेनन्, आफूले तिरेको करमा हक दाबी गरे। लिने पत्रकारहरु यहीँका स्थानीयवासी हुन्। उनीहरुले कर तिरे बापतको सुविधा पाउँदा के बिग्रियो? सबै क्षेत्रको विकास हुनुपर्ने, त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने भनेर कुर्लनेले पत्रकारिता क्षेत्रको विकासको लागि बजेट छुट्याएर कार्यक्रम कार्यान्वयन गर्न नहुने? 

पत्रकारिता क्षेत्रको विकासको लागि अझ धेरै बजेट छुट्याउनुपर्छ। सबैले छुट्याउनुपर्छ। जति धेरै पत्रकार त्यति धेरै एक्सपोज। बरु पत्रकारहरुलाई कानुनी रुपमै स्थानीय सरकारले खोस्न नसक्ने सुविधाहरु पनि थप्नुपर्छ।

क्यानडामा अध्यापन गर्ने आचार्यले उदयपुरको त्रियुगा नगरपालिकामा आएर ल्यापटप लिएको भएचाहिँ पक्कै करको लुट हुन्थ्यो। होइन भने स्थानीय सरकारको संसदले पत्रकारिता क्षेत्रको विकासको लागि विनियोजित गरेको बजेटलाई कसरी लुटको धन भनेर अर्थ निकालियो?

उपहारको प्रभावको रुपमा आचार्यले ७ सय ५३ स्थानीय निकायले बजेट छुट्याउँदा ६८ करोड ७६ लाख खर्च हुने हिसाब निकाल्नुभएको छ। पत्रकारिता क्षेत्रको विकासको लागि अझ धेरै बजेट छुट्याउनुपर्छ। सबैले छुट्याउनुपर्छ। जति धेरै पत्रकार त्यति धेरै एक्सपोज। बरु पत्रकारहरुलाई कानुनी रुपमै स्थानीय सरकारले खोस्न नसक्ने सुविधाहरु पनि थप्नुपर्छ। पत्रकार आर्थिक रुपमा सक्षम भए, साधन र स्रोत सम्पन्न भए भने गलत सम्झौता गर्दैनन् अनि झन् धेरै भ्रष्टाचार र अनियमिमताविरुद्ध समाचार लेख्छन् भन्ने मान्यता हुर्काउनुपर्छ। निगाह वा गलत काम गरेर पेट पाल्ने अवस्थाबाट मुक्ति हुने व्यवस्था सिर्जना गर्दा पत्रकारहरु निर्भीक भएर लेख्न सक्छन्। वैधानिक, पारदर्शी सुविधाबाट वञ्चित गरेर, सुविधा खोसेर भ्रष्टाचार र अनियमिमताको समाचारलाई एक्पोज वा डिस्क्लोज गर्न सकिन्छ भन्ने मान्यताले भ्रष्टहरुसँग मितेरी लगाउन प्रोत्साहित गर्छ। 

अन्त्यमा, आचार्यले दिएको विकल्प– कि पेसा छाड्नु कि उपहार? पेसा रोज्ने र छोड्ने अधिकार हामीसँग हुन्छ। जहाँसम्म ल्यापटप फिर्ता गर्नु भन्ने आदेश छ, के आचार्यले दिएको उपहार, दान वा चन्दा हो र फिर्ता गर्नुपर्ने! यही ल्यापटपले नगरपालिकाले गरेको भ्रष्टाचार र अनियमितताबारे समाचार लेख्न थालेको दिन आचार्यले के भन्नुहोला? 

(कोइराला नेपाल टेलिभिजनसँग र तामाङ राजधानी दैनिकसँग आबद्ध छन्।)

यस्तो थियो आचार्यको लेख– पत्रकारलाई उपहार : कति जायज?

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्