काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
बिहान ९:३० बजे हुने भनिएको खेल वर्षाका कारण मैदानमा समस्या भएपछि केही ढिला सुरु भएको छ ।
जारी त्रिकोणात्मक सिरिजमा यो नेपाल र अमेरिकाबीचको दोस्रो तथा अन्तिम खेल हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।