काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुनेछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।