काठमाडौं- सरकारले संसदमा दर्ता गराएको 'गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५' विरुद्ध ललितपुरको पाटनमा आज पनि विरोध प्रदर्शन गरिएको छ। गुठी प्राधिकरण गठन गरी सबै गुठी प्राधिकरण मातहत त्याउने गरी सो विधेयक ल्याइएको भन्दै विरोध भइरहेको छ।
विधेयकले गुठीका गतिविधि नियन्त्रण गर्ने भन्दै पाटनमा शुक्रबार राँके जुलुश निकालिएको हो। विधेयकको विरोधमा गुठियारहरुले पाटनमा गरेको दोस्रो दिनको आन्दोलनस्वरुप राँके जुलश निकालिएको हो। जुलुशमा 'सम्पदा मास्न पाइँदैन', 'गुठी विधेयक खारेज गर'लगायतका नारा लेखिएका पम्प्लेट तथा ब्यानरसहित स्थानीयहरुले सहभागीता जनाएका थिए।
विधेयकको व्यापक विरोध भएपछि सरकारले ध्यानाकर्षण भएको जनाए पनि गुठीयारहरुले विधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने गुठीयारहरुले चेतावनी दिएका छन्।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै विधेयकका बारेमा उठेका चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।
पाटनमा गरिएको राँके जुलुशका केही तस्बिरहरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।