धनकुटा- गत वर्षको तुलनामा यस वर्ष धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रतिवेदनमा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको उल्लेख छ।
जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये ३३ वटा घरेलु महिला हिंसासम्बन्धी घटना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। गत वर्षको पुस १५ देखि एक वर्षको अवधिमा ५ वटा जिउज्यानसम्बन्धी गम्भीर प्रकृतिका घटनासहित ती घटनाहरु भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ।
मानवअधिकार वर्ष पुस्तक २०१८ प्रकाशनका लागि सङ्कलित जिल्लामा भएका एक वर्षभरका घटनामा दुई हत्या, एक बलात्कार, दुई बहुबिबाह रहेका छन् भने विभिन्न पक्षबाट तीन दिन जिल्ला बन्द भएको थियो।
जिल्लाका ग्रामीण क्षेत्रमा रोजगार, स्वास्थ्य, शिक्षा एवं मानवअधिकारका क्षेत्रमा सचेत बनाउने कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझावसमेत समावेश गरी इन्सेक वर्ष पुस्तक—२०१८ का लागि प्रतिवेदन तयार गरिने जिल्ला शाखाका संयोजक सन्तोष रुचाले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।