काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भारतको गोवामा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा सम्बोधन गरेका छन् । इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘२१ औ शताब्धीमा लिडरशिप’ विषयक सम्मेलनमा सम्बोधन गरेका हुन्।
फाउण्डेसनले उनलाई बिशिष्ट अतिथिका रुपमा कार्यक्रममा बोलाएको थियो। तीनदिने सम्मेलनको समापन समारोहमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै रेग्मीले मानवीय सेवाको भावना जागृत गराई आमजनसमुदायमा सद्भाव र सद्व्यवहारको चेतना र ज्ञान प्रवाहगर्न सकेमा विश्वमा शान्ति र सद्भाव कायम गर्दै प्रगतिको पथमा अघि बढ्न सम्भव हुने विचार गरेका छन्। वर्तमान समयमा विज्ञानको आश्चर्यजनक चमत्कारसँगै नैतिकता, इमान्दारिता, सदाचार र सद्भाव कायम गर्न सकेमा मात्र विकासको प्रतिफल र सामाजिक सुव्यवस्था कायम गर्न सकिने भन्दै आत्मशुद्धि र शान्तिको प्रवद्र्धन वर्तमान समयमा विशेष महत्वको विषय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।