जीतपुर– कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा–२ कुन्द्रे खोला नजिक बिहीबार साँझ यात्रुबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु१ख ९२८७ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।
घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएका छन्। साधारण घाइते तीन जनाको स्थानीय बुद्ध पोलीक्लिनिक र थप ७ गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।