काठमाडौं– गाउँका किशोरीहरुलाई आकर्षक जागिर लगाइदिने भनेर नयाँदिल्लीमा पुर्याएर बिक्रि गर्ने नुवाकोटका सुन बहादुर तामाङ पक्राउ परेका छन् । २ वर्षअघि उनले दुई किशोरीलाई दुई किशोरीलाई नयाँदिल्लीको कोठीमा लगेर बिक्रि गरेका थिए ।
पछि पीडित किशोरीहरु नेपाल फर्किएर प्रहरीमा उजुरी गरेका हुन् । प्रहरीले तामाङलाई बुधबार नुवाकोटको दुप्चेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई मानव बेचबिखन मुद्दामा अनुसन्धान अघि बढाइएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । मानव बेचबिखन मुद्दामा १५ वर्षसम्म कैद सजाय हुनसक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।