काठमाडौं- सरकारले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ संसदमा दर्ता गराएको छ। गुठी प्राधिकरण गठन गरी सबै गुठी सो प्राधिकरण मातहत त्याउने गरी सो विधेयक ल्याइएको भन्दै विरोध भइरहेको छ।
विधेयकले गुठीका गतिविधि नियन्त्रण गर्ने भन्दै बुधबार पनि असन लागयका क्षेत्रमा गुठियारले विरोध गरेका छन्।
विधेयकको व्यापक विरोध भएपछि सरकारले ध्यानाकर्षण भएको बताएको छ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै विधेयकका बारेमा उठेका चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।