दाङ- कवि तिलक अधिकारीको कविता संग्रह 'हिमाल चढ्ने पाइलाहरु'को बिक्रीबाट आएको रकमले वृद्धवृद्धाहरुलाई न्यायो कपडा प्रदान गरेका छन्।
ज्ञानसिन्धु माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुको पहलमा १९ जना वृद्धवृद्धालाई कपडा प्रदान गरिएको हो।
कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीले घोराही उपमहानगरपालिका तेरौटेस्थित वृद्धाश्रम पुगेर ९ जना वृद्धालाई जाडोमा लगाउने चौबन्दी र १० जना वृद्धलाई स्वेटर वितरण गरे।
नेपाली विषयका शिक्षकसमेत रहेका अधिकारीको कविता सङ्ग्रह हिमाल चढ्ने पाइलाहरु २०७१ सालमा प्रकाशित भएको हो। संग्रह बिक्रीबाट प्राप्त रकमले कपडा किनेर वृद्धवृद्धालाई सहयोग गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।