पोखरा - पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ।
युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ।
देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकूद तथा पर्यटनको विकासवाट देशलाई संवृद्धितर्पm अग्रसर गराउने महोत्सवको उद्देश्य रहेको छ।
त्यस्तै यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष रहेको छ।
महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोग्य वस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि र व्यवसायिक संघसंस्थाहरुको सेवाको बारेमा समेत जानकारी गराइनेछ।
दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष राखिएको छ । १२ दिनसम्म चल्ने सो महोत्सवमा रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख आम्दानी हुने अनुमान गरिएको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी गराए।
महोत्सवमा सर्वसाधारणलाई रु ८०, विद्यार्थीहरुलाई रु ६० तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।